add

मूल जनगणना आजदेखि सुरु हुँदै,राष्ट्रपतिबाट तथ्यांक संकलन गरेर सुरुवात गरिँदै






ActPro Nepal

|

२५ कार्तिक, २०७८

|
1285

काठमाडौं ।  राष्ट्रिय जनगणना ०७८ आजदेखि सुरु हुँदैछ ।

हरेक १० वर्षमा सञ्चालन गरिने राष्ट्रिय जनगणनाको १२ ‍‍औं शृंखलाको मूल गणना आजदेखि सुरु हुन लागेकाे हाे । बिहान ९ बजेपछि राष्ट्रपति विद्यादेवी भण्डारीबाट १२औं राष्ट्रिय तथ्यांक संकलन कार्यक्रमको सुरुआत हुने केन्द्रीय तथ्यांक विभागले जनाएकाे छ ।

त्यसपछि उपराष्ट्रपति र प्रधानमन्त्रीसहित देशैभर जनगणना सुरु हुनेछ । विभागले बुधबार काठमाडाैंमा पत्रका सम्मेलन गरेर मूल गणना आगामी मंसिर ९ गतेसम्म जारी रहने जानकारी दिएकाे थियाे । जनगणनाका लागि देशैभर ४० हजार गणक र ८ हजार ५ सय जना सुपरीवेक्षक परिचालन भएका छन् ।

जनगणना सञ्चालन गर्न ७ प्रदेशमा जनगणना कार्यालयसहित ८७ जिल्ला जनगणना कार्यालय र त्यसअन्तरगत ३ सय ४९ स्थानीय जनगणना कार्यालय स्थापना भएका छन् ।जनगणनाको पहिलो चरणमा घर तथा घरपरिवार सूचीकरण यसअघि नै भइसकेको छ । सूचीकृत भइसकेका र कुनै कारणले छुटेका समेत सबै परिवारमा गणक पुगी १५ दिनभित्र सबै व्यक्तिको विस्तृत विवरण संकलन गरिनेछ ।

जनगणनाका लागि ८० वटा प्रश्न तयार पारिएकाे छ । एक परिवारलाई प्रश्नावली भर्न औसतमा २० मिनेट समय लाग्ने बताइएको छ । यस क्रममा देशभरका ६ हजार ७ सय ४३ वडाबाट आधारभूत आर्थिक, सामाजिक, सेवा, सुविधा, पूर्वाधार र विपद् अवस्थाको समेत जानकारी संकलन गरी सामुदायिक प्रश्नावली भरिने र यसबाट सम्पूर्ण वडाको वास्तविक जानकारी पाउन सकिनेछ र

कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रमा जनगणना गर्न परराष्ट्र मन्त्रालयमार्फत भारतसँग कूटनीतिक तबरबाट पहल भइरहेको विभागले जनाएकाे छ । स्याटलाइट प्रविधिबाट घरधुरी गणना गरी त्यसका आधारमा पनि जनगणना गर्ने तयारी छ ।

यसपटकको जनगणनामा काठमाडौं महानगरपालिकासहित काठमाडौंका ६ नगरपालिकामा डिजिटल पद्दतिमा आधारित क्यापीविधि प्रयोग गरी ट्याब्लेटबाट विवरण संकलन गरिने र देशभरका अन्य ठाउँमा कागजी प्रश्नावली प्रयोग हुनेछ । 

यसपटक विदेशस्थित नेपाली कूटनीतिक नियोगहरुमा इसेन्ससविधि अपनाई वेबसाइट एप्लिकेशनबाट नेपाली कर्मचारी तथा आश्रित व्यक्तिको विवरण संकलन गरिनेछ ।

विभागका अनुसार घरपरिवार सूचीकरणका आधारमा यसपटकको जनगणनामा नेपालको जनसंख्या तीन करोड नपुग्ने अनुमान गरिएको छ । तीन महिनाभित्र जनगणनाको प्रारम्भिक प्रतिवेदन ल्याइने र पूर्ण विवरण आउन दुई वर्षको समय लाग्ने बताइएको छ । 


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.