add

विश्वप्रकाश शर्माले सार्वजनिक गरे चुनावी अवधारणापत्र(पूर्णपाठ)






ActPro Nepal

|

३ असोज, २०७८

|
1066

संखुवासभा । नेपाली कांग्रेसको १४औं महाधिवेशनमा महामन्त्रीको उम्मेदवार बन्ने घोषणा गरेका नेता विश्वप्रकाश शर्माले अवधारणापत्र सार्वजनिक गरेका छन्।

संविधान दिवसको अवसरमा आइतबार झापाको बिर्तामोडमा आयोजित कार्यक्रममा शर्माले आफ्नो चुनावी अवधारणापत्र सार्वजनिक गरेका हुन्। उनले हिजो राजनीतिक परिवर्तन भएको र अब राजनीतिमा परिवर्तन गर्नुपर्ने आवश्यकता औंल्याएका छन्।

कांग्रेस प्रवक्ता समेत रहेका शर्माले महाधिवेशनका लागि सार्वजनिक गरेको २४ बुँदे अवधारणापत्रको निचोड ‘हिजो राजनीतिक परिवर्तन, अब राजनीतिमा परिवर्तन’ रहेको छ। उनले भनेका छन्, “हरेक देशको राजनीतिले त्यो देशको हरक्षेत्रलाई प्रभावित र नेतृत्व गरेको हुन्छ, अतः राजनीतिमा परिवर्तनको अर्थ हुन्छ हर क्षेत्रमा त्यसको व्यापक सकारात्मक प्रभाव। नेपालमा राजनीतिक परिवर्तन पटक पटक भएको छ, अब वेला भएको छ राजनीतिमा परिवर्तनका लागि खुला संवाद, बहस र अभ्यास गर्ने।”

उनले बीपीको विचारलाई समय सापेक्ष अघि बढाउनुपर्नेमा जोड दिएका छन्। त्यसका लागि राजनीतिलाई सफा पार्नुपर्ने उनको भनाइ छ। शर्माले भनेका छन्, “हाम्रो राजनीतिको छवि प्रति उब्जिएको प्रश्न र विकर्षणलाई सूत्रबद्ध गर्दै तिनको समयोचित हल साझा ढंगले पहिल्याऔं।”

विश्वप्रकाश शर्माले सार्वजनिक गरेको अवधारणापत्रः





एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.