add

अमेरिकालाई सुपरओभरमा हराएसँगै नेपालले जित्यो एक खेल अगावै टी २० सिरिजको उपाधि






ActPro Nepal

|

४ कार्तिक, २०८१

|
191

काठमाडौं । सुपर ओभरमा अमेरिकालाई हराउँदै नेपालले तीन खेलको टी-२० आई सिरिज एक खेलअगावै जितेको छ। 

अमेरिकाविरुद्धको टी२० आई सिरिजअन्तर्गत दोस्रो खेलमा दुवै टोली बराबरीमा रोकिएपछि खेल सुपर ओभरमा गएको हो। 

सुपरओभरमा नेपालले ३ रनको लक्ष्य पाएको थियो।यो जितसँगै नेपालले एक खेलअगावै अमेरिकाविरुद्धको टी २० सिरिजको उपाधि जितेको छ ।दोस्रो खेलमा अमेरिकालाई सुपर ओभरमा हराउँदै नेपालले टी२० सिरिजको उपाधि जितेको हो।

सुपर ओभरमा ३ रनको लक्ष्य पाएको नेपालले २ बल अगावै पूरा गर्‍यो।नेपालका सोमपाल कामीले शानदार प्रदर्शन गरेसंगै अमेरिका २ रनमै रोकियो।

सोमपालले तेस्रो र चौथो बलमा लगातार विकेट लिएर नेपाललाई जिताएका हुन्।

नेपालले टस जितेर ब्याटीङ् रोजेको थियो ।नेपालले अमेरिकालाई १७१ रनको लक्ष्य दिएको थियो ।अमेरिकाले २० ओभरमा ८ विकेटमको क्षतिमा १७० रन बनाएपछि खेल सुपर ओभरमा पुगेको हो।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.