add

तेह्रथुम पावरको आइपीओ बाँडफाँड,यसरी हेर्नुहोस् सजिलै नतिजा






ActPro Nepal

|

२५ भदौ, २०७८

|
2853

काठमाडौं। तेह्रथुम पावर कम्पनीको प्राथमिक साधरण सेयर (आइपीओ) बाँडफाँडभएको छ । कम्पनीको आइपीओ विक्री प्रबन्धक एनआएबीएल एस क्यापिटलमा शुक्रबार विहान बाँडफाँड भएको हो ।

क्यापिटल अनुसार गोलाप्रथाबाट भाग्यमानी ७४ हजार ४०० जनाले १० कित्ताका दरले सेयर हात पारेका छन् भने २२ लाख ७२ हजार २२७ जनाको हात रित्तो भएको छ ।

आवेदन दिएकामध्ये ८ हजार ८२० आवेदकको आवेदन रद्ध गरिएको थियो । यसरी हेर्दा २३ लाख ४६ हजार ६२७ सदर आवेदकबाट २ करोड ९२ लाख ६९ हजार ६४० कित्ता खरीदका लागि आवेदन परेको देखिन्छ ।

यसरी हेर्दा कुल सदर आवेदकमध्ये ३.१७ प्रतिशतले मात्र १० कित्ताको दरले सेयर पाएका छन् । बाँकी ९६.८३ प्रतिशत आवेदकको हात रित्तो भएको छ ।

जसमा ९२ लाख ५५ हजार ४४७ जनाले २ करोड ९२ लाख ६९ हजार ६४० कित्ताका लागि आवेदन दिएका थिए । सोमध्ये८ हजार ८२० जनाको आवेदन रद्द भएको क्यापिटलले जनाएको छ ।

कम्पनीले धितोपत्र बोर्डबाट १२ करोड रुपैयाँ बराबरको १२ लाख कित्ता आइपीओ विक्री गर्न अनुमति पाएको थियो । जसमा कम्पनीले पहिलो चरणमा साउन ५ देखि आयोजना प्रभावित क्षेत्र तेह्रथुमबासीलाई ४ लाख कित्ता जारी गरिसकेको छ ।

कम्पनीले हाल तेह्रथुममा ७।५ मेगावटको अपर खोरुङ स्मल हाइड्रोपावर प्रोजेक्ट निर्माण गरिरहेको छ । उक्त आयोजनाको कुल लागत १ अर्ब ३७ करोड ६० लाख रुपैयाँ रहेको छ । यसको प्रतिमेगावट लागत १८ करोड ३० लाख रुपैयाँ छ ।

हाल २८ करोड रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको आइपीओ पछि चुक्ता पूँजी ४० करोड पुग्नेछ ।

कहाँबाट हेर्ने रिजल्ट ?

कम्पनीको आइपीओको रिजल्ट ३ ठाउँबाट हेर्न सकिने छ । लगानीकर्ताले https://iporesult.cdsc.com.np मा गएर १६ अंकको डिम्याट नम्बर हालेपछि सजिलै हेर्न सक्नेछन् ।

यसैगरी, विक्री प्रबन्धक एनआइबीएल एस क्यापिटलको वेबसाइट र तेह्रथुम पावर कम्पनीको वेबसाइटबाट पनि नतिजा हेर्न पाइनेछ । यद्यपि, भर्खरै मात्र आइपीओ बाँडफाँड भएकाले नतिजा आउन केही समय लाग्ने जनाइएको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.