add

अफगानिस्तानमा रहेका नेपालीको तत्काल उद्धार गर्न प्रचण्डको आग्रह






ActPro Nepal

|

३२ साउन, २०७८

|
1069

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अफगानिस्तानमा रहेका नेपालीको उद्धारका लागि तत्काल पहल सुरु गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

तालिवान विद्रोहीले विभिन्न सहरमा आक्रमण गरेका त्यहा रहेका नेपालीको सुरक्षा र उद्धार महत्वपूर्ण रहेको भन्दै सरकारलाई चाँडोभन्दा चाँडो कदम चाल्न अपिल गरेका छन् ।

‘हाल दक्षिण एशियाली मुलुक अफगानिस्तानमा विकसित पछिल्लो राजनीतिक घटनाक्रमप्रति म र हाम्रो पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ,’ प्रचण्डले सोमबार सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘यस आपतकालीन अवस्थामा सर्वाधिक महत्वको कुरा त्यहाँ रहेका नेपालीहरूको सुरक्षा र उद्धार हो, परिस्थितिलाई मध्यनजर गर्दै सरकारले अविलम्ब प्रभावकारी कदम चालोस् ।’

आइतबार सम्पन्न माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठकमा पनि माओवादी नेताहरूले त्यहाँ रहेका नेपाली नागरिकलाई स्वदेश फिर्ती गर्न सरकारसमक्ष माग राखेका थिए ।यसैबीच सोमबार बसेको मन्त्रिपरिषद् बैठकले अफगानिस्तानमा रहेका नेपालीलाई स्वदेश फर्काउन सरकारले पहल गर्ने निर्णय गरेको छ ।




एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.