add

धरान विवाद: उच्च अदालतले दियो अल्पकालीन आदेश






ActPro Nepal

|

४ कार्तिक, २०८१

|
36

काठमाडौं । धरानका मेयर हर्क साम्पाङले गरेको कार्यवाहक मेयरको जिम्मेवारी तोक्ने निर्णय कार्यान्वयन नगर्न उच्च अदालत विराटनगरले अल्पकालीन आदेश दिएको छ।

मेयर हर्क साम्पाङ बेलायत भ्रमणमा जादा उपमेयर हुँदा हुँदै धरान ११ का वडाध्यक्ष लोकेन्द्रकुमार फागोलाई कार्यवाहकको जिम्मेवारी तोकेका थिए।

उपमेयर नगरभित्रै हुँदाहुँदै वडाध्यक्षलाई कार्यवाहक दिने साम्पाङको कदमविरुद्ध कात्तिक ४ मा उपमेयर अइन्द्रविक्रम बेघा अदालत गएका थिए।

उच्च अदालतका न्यायधीश ध्रुवराज नन्दको इजलासले  कार्यवाहक मेयरको जिम्मेवारी  कार्यान्वयनमा नगर्न आइतबार आदेश दिएको हो।

अदालतले कात्तिक ६ गते बुधबार दुवै पक्षलाई छलफलका लागि बोलाएको छ।

साम्पाङ असोज २८ गते बेलायत गएका छन्। 


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.