add

नेप्सेमा उच्च अंकको गिरावट, परिसूचक २७०० बिन्दु तल झर्यो






ActPro Nepal

|

४ कार्तिक, २०८१

|
8

काठमाडौं । सेयर बजारमा उच्च अंकको गिरावट आएको छ । गत साता ७५ अंकले बढेको नेप्से यस साता पहिलो दिनमै ४७ अंकले घटेको हो ।

आइतबार नेप्से परिसूचक ४७.४४ अंकले घटेर २६९७.९१ बिन्दुमा आइपुगेको छ । आज ३१५ कम्पनीको २ करोड ८ लाख ६८ हजार ९१९ कित्ता सेयर किनबेच भएको छ ।

सूचकमा गिरावट आए पनि कारोबार रकममा भने वृद्धि भएको छ । अघिल्लो दिनको तु्लनामा कारोबार रकम ९९ करोड रुपैयाँले बढेर ८ अर्ब १८ करोड रुपैयाँ पुगेको छ ।

आज कारोबारमा आएका १३ वटा समूहमध्ये म्युचुअल फण्ड बाहेक अरु सबै समूहको परिसूचक घटेको छ । फाइनान्स समूहको परिसूचक सर्वाधिक ४ प्रतिशतले घटेको छ ।

आज गुडविल फाइनान्सको सर्वाधिक ४५ करोड ७ लाख रुपैयाँको सेयर किनबेच भएको छ । त्यस्तै, कुमारी बैंकको ३७ करोड ८७ लाख रुपैयाँको कारोबार भएको छ ।

आज कारोबारमा आएका मध्ये १८ कम्पनीको मात्र सेयर मूल्य बढेको छ भने २२६ कम्पनीको मूल्य घटेको छ ।

घट्दो बजारमा पनि आज कुथेली बुखरी स्मल हाइड्रोपावरको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । यसका सेयरधनीले ठ्याक्कै १० प्रतिशत कमाएका छन् ।

आज इस्टर्न हाइड्रोपावरका सेयरधनीले भने ठ्याक्कै १० प्रतिशत गुमाएका छन् ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.