add

तत्काल अफगानिस्तानमा रहेका नेपालीहरुको उद्दार गर्ने सरकारकाे निर्णय






ActPro Nepal

|

३२ साउन, २०७८

|
1091

काठमाडौं । सरकारले अफगानिस्तानमा रहेका नेपाली नागरिकलाई स्वदेश फिर्ता ल्याउने निर्णय गरेको छ ।  विद्रोही तालिवानले त्यहाँको राज्यसत्ता कब्जा गर्नका लागि राजधनी काबुलसहितका सहरमा हिंसा भड्काएपछि त्यहाँ विभिन्न कामका लागि पुगेका नेपालीको जीवनरक्षामा नेपाल सरकारले चासो देखाएको हो । 

मन्त्रिपरिषदको सोमबार बिहान बसेको बैठकले परराष्ट्र मन्त्रालयलगायत सम्बन्धित निकायहरूलाई समन्वयात्मक रूपबाट कार्य अगाडि बढाउन निर्देशन दिएको सरकारका प्रवक्तासमेत रहेका कानून, न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताए ।  ‘द्वन्द्वग्रस्त अफगिनास्तानबाट नेपाली नागरिकको उद्धार गरी स्वदेश ल्याउन सरकारको निर्णय छ,’ बैठकको निर्णय सुनाउँदै उनले भने । यस्तै भूपु गोर्खा सैनिकका बाँकी रहेका समस्या समाधान गर्न माग गर्दै बेलायतको लन्डनमा जारी आमरण अनसनप्रति नेपाल सरकारको ध्यानाकर्षण भएको मन्त्री कार्कीले बताए ।

‘यस समस्यालाई कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल सरकार प्रतिबद्ध रहेको र यससम्बन्धी कूटनीतिक प्रक्रिया अगाडिसमेत बढिसकेको सन्दर्भमा आमरण अनसनलगायत विरोध कार्यक्रम फिर्ता लिनका लागि भूपूब्रिटिस गोर्खासँग सम्बद्ध सबैलाई आह्वान गर्ने मन्त्रिपरिषदबाट निर्णय भएको छ,’ मन्त्री कार्कीले भने । आइतबार साँझमा सरकारले अफगानिस्तानबाट नेपाली नागरिक ल्याउनका लागि कार्यदल गठन गरिसकेको छ भने परराष्ट्र मन्त्रायको टोलीले त्यहाँ रहेका नेपाली नागरिकको लगत संकलन सुरु गरेको छ ।




एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.