add

अफगानिस्तानमा रहेका नेपालीलाई सुरक्षित तवरले स्वदेश फर्काउन राप्रपाको माग






ActPro Nepal

|

३२ साउन, २०७८

|
537

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्षत्रयले तालिबानी विद्रोहीहरुको आक्रमण बढ्दै जाँदा अफगानिस्तानमा रहेका नेपालीको सुरक्षाबारे चासो दिएका छन् । अफगानिस्तानमा रहेका नेपालीलाई सुरक्षित तवरले स्वदेश फर्काउन तथा उनीहरुको पूर्ण सुरक्षाको व्यवस्था गर्न राप्रपा सरकारसँग माग गरेको छ ।

यस्तै  राप्रपाले ब्रिटिश गोर्खाका भूतपूर्व सैनिकहरुको हाल जारी संघर्षप्रति ऐक्यवद्धता जनाउँदै उनीहरुका माग पुरा गर्न बेलायती सरकारसँग आग्रह गरेको छ ।  ब्रिटिश गोर्खाका पूर्वसैनिकहरुले न्याय र समानताको माग राखेर लामो समयदेखि संघर्षमा छन् ।

तत्कालिन नेपाल सरकार र व्रिटिश सरकारबीच भएको सम्झौता अनुरुप बेलायती सेनामा रहेर नेपाली नागरिकहरुले काम गर्न थालेको दुई सय वर्ष नाघि सकेको छ ।  तर,आजसम्म पनि बेलायती सेनामा काम गर्ने नेपालीमाथि कायम रहेको भेदभाव र असमानताको पूर्णरुपले अन्त्य हुन सकेको छैन ।

विगतमा पनि व्रिटिश सेनाका भूर्तपूर्व सैनिकहरुले उठाउँदै आएका जायज मागहरुप्रति राप्रपाले समर्थन गर्दै आएको जनाएको छ । ती मागहरु पुरा गर्न गराउन सशक्त कुटनीतिक प्रयासको निम्ति राप्रपाले  सरकारसँग माग गरेको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.