add

कुलमान घिसिङलाई विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गर्न प्रधानमन्त्रीको ठाडो निर्देशन






ActPro Nepal

|

१९ साउन, २०७८

|
1042

काठमाडौ।   नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितमान शाक्यलाई हटाएर कुलमान घिमिङलाई नियुक्त गर्न प्रधानमन्त्री शेरबहादुर देउवाले निर्देशन दिएका छन्। 

मंगलबार ऊर्जा मन्त्री पम्फा भुसाललाई बालुवाटारमा बोलाएर प्रधानमन्त्री देउवाले प्राधिकरणका पूर्वकार्यकारी निर्देशक घिसिङलाई नियुक्त गर्ने प्रक्रिया सुरु गर्न निर्देशन दिएको बालुवाटार स्रोतले जानकारी दिएको छ ।

प्रधानमन्त्रीको निर्देशनपछि ऊर्जामन्त्री भुसालले प्राधिकरणका अहिलेका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई बोलाएर राजीनामा दिन भनेकी छन् ।

स्रोतहरूका अनुसार शाक्यले राजीनामा नदिए सरकारले उनलाई स्पष्टीकरण सोध्ने तयारी गरेको छ ।

'उहाँले नेपाल सरकारसँग कार्यसम्पादनको करार गर्नुभएको छ । त्यहीअनुसार काम सन्तोषजनक नभएको भन्दै सरकारले स्पष्टीकरण सोध्न सक्छ,’ स्रोतले भन्यो,‘स्पष्टीकरण चित्त नबुझे सरकारले उनलाई हटाउन सक्छ ।’   

शाक्‍य अघि कुलमान घिसिङ नै विद्युत प्राधिकरणका कार्यकारी निर्देशक थिए। लोडसेडिङ अन्त्य गरेको जस पाएका घिसिङको कार्यकाल सकिएपछि फेरि उनलाई नै कार्यकारी निर्देशकमा पुनर्नियुकत गर्न दबाब थियो। तर, केपी शर्मा ओली सरकारले शाक्यलाई कार्यकारी निर्देशकमा नियुक्त गरेको थियो।  


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.