काठमाडाैं । निर्वाचन आयोगले प्रतिनिधिसभाको मध्यावधी चुनावको कार्यतालिका सार्वजनिक गरेको छ ।
आयोगले अगामी कार्तिक २६ र मंसिर ३ गते तय निर्वाचनका लागि कार्यतालिका सार्वजनिक गरेको हो। तालिका अनुसार पहिलो चरणको मतदानका लागि आउँदो असोज २० र २१ गते उमेदवारी मनोनयन, असोज २५ गते अन्तिम नामावली प्रकाशन गर्ने तयारी रहेको आयोग स्रोतले जनाएको छ ।
यसैगरी दोस्रो चरणको मतदानका लागि असोज ३१ र कार्तिक १ गते उमेदवारी मनोनय दर्ता गर्ने, र कार्तिक ५ गते उमेदवारको अन्तिम नामावली सार्वजनिक गर्ने कार्यतालिकामा उल्लेख रहेको बताइएको छ ।
प्रधामन्त्रीको सिफारिसमा गत जेठ ७ गते मध्यराति राष्ट्रपतिले प्रतिनिधिसभा भंग र निर्वाचन घोषणा गर्नुभएको थियो । जस अनुसार आगामी कार्तिक २६ गते पहिलो चरण र मंसिर ३ गते दोस्रो चरणको मतदान हुनेछ । सोही अनुसार निर्वाचन कार्यतालिका तयार भएको र चाँडै दल दर्ताका लागि समेत आह्वान गर्ने तयारी रहेको स्रोतको भनाइ छ ।
यद्यपि प्रतिनिधिसभा विघटन असंवैधानिक रहेको भन्दै त्यसविरुद्ध सर्वोच्च अदालतमा परेका मुद्दाहरु विचाराधीन छन् । यदि अदालतले संसद पुनस्र्थापनाको आदेश दिएमा निर्वाचन हुनेछैन । संसद विघटन अदालतले सदर गरेमा चाहिँ निर्वाचनको माहौल बन्न सक्ने देखिन्छ ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।