काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाल (राप्रपा) का अध्यक्ष कमल थापाले हिन्दुराष्ट्र र संघीयताको विषयमा प्रमुख राजनीतिक दलहरूभित्र बहस हुनु सकारात्मक भएको बताएका छन् ।
आइतबार सामाजिक सञ्जालमार्फत् अध्यक्ष थापाले यस्तो बताएका हुन् ।
‘हिन्दुराष्ट्र र संघियताबारे प्रमुख राजनीतिक दलहरूभित्र बहस हुनु सकारात्मक छ । पश्चीमा देशहरू ईसाई धार्मिक मान्यतामा समाज र राष्ट्र चलेको छ भन्दा गौरव गर्छन् । हामी भने हाम्रो परिवार, समाज र राष्ट्र सनातन वैदिक मान्यताको धरातलमा उभिएको सत्य स्विकार्न हिनताबोध गर्छौं।यो हिनताबाट मुक्त हौँ,’ थापाले भने ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।