add

अभिनेत्री निशा घिमिरेको अवस्था नाजुक, सहयोग माग्दै परिवार






ActPro Nepal

|

२७ जेठ, २०७८

|
1152

काठमाडौं । मानिसको जीवनमा कस्तो घटना कतिखेर घट्छ कसैलाई थाहा हुँदैन । अभिनेत्री बन्ने सपना बोकेर डिप्लोमा गर्न २ वर्षअघि भारत पुगेकी निशा घिमिरेको जीवनमा पनि एउटा अप्रत्यासित घटना घट्यो, जसले उनको सारा सपना निमोठियो । उनलाई अभिनेत्री बन्नु थियो । दर्शकको ठूलो भीडमा उभिएर अटोग्राफ दिनु थियो । तर, एउटा दुर्घटनाले आज उनी जीवन र मृत्युसँग लडिरहेकी छन् । डिप्लोमा गर्न भारत पुगेको केही समयमा नै उनी सवारी दुर्घटनामा परिन् । जसका कारण उनलाई ब्रेन ह्यामरेज भयो ।

लामो समय उनको भारतमै उपचार भयो । तर, अस्पतालको खर्च धान्न नसक्ने भएपछि उनका परिवारले भारतस्थित नेपाली दूतावासदेखि विभिन्न संस्थालाई गुहारे । तर, कतैबाट सहयोग नपाएपछि आफ्नै खर्चमा परिवारले निशालाई एम्बुलेन्समा राखेर नेपाल ल्याए । उनको उपचारमा परिवारको सबै जायजेथा सकिसकेको छ । कोठा भाडामा बस्न सक्ने अवस्था नभएपछि अहिले उनको परिवारले भैंसीपाटीमा टिनले बारेर एउटा झुप्रो बनाएका छन् । त्यही परिवारको रेखदेखमा बस्दै आएकी छन्, निशा ।

उनको शरीर सुकेर दाउरो भइसक्यो । परिवारका सदस्यलाई समेत चिन्न छाडिसकेकी छन् । उनको अवस्था देख्दा जो कोहीको आँखा रसाउँछ । केही दिनदेखि सामाजिक सञ्जालमा उनका पहिले र अहिलेका तस्विरहरु भाइरल भएका छन् । उनको अवस्था देखेर सहयोग जुट्ने क्रम बढेको छ । मंगलवार म्यूजिक भिडियो निर्देशक शान थापासहितको टिमले उनको पितालाई १० हजार सहयोग गर्‍यो । भेटमा उनका पिताले सहयोगका लागि आग्रह गरेको शानले बताए ।


निशाको अवस्था देख्दा आफू भावुक भएको उनी बताउँछन् । निशाले एक नेपाली फिल्ममा समेत अभिनय गरेकी छन् । मैथिली र नेपाली भाषामा बनेको फिल्म ‘मधेशीपुत्र २’ मा उनले मुख्य भूमिकामा अभिनय गरेकी थिइन् । उनले ‘डियर जिन्दगी’ नामक टेलिश्रृंखलासँगै केही म्यूजिक भिडियोमा पनि काम गरिसकेकी छन् । निशालाई सहयोग गर्न चाहनेले उनका पिता राजु घिमिरेलाई ९८५१२३८९५२ मा फोन गर्न सक्ने निर्देशक थापाले बताए ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.