काठमाडौं। खनाल-नेपाल समुह का सांसदहरू राजीनामा दिने तयारी गरेका छन् ।
पाटी एकताका लागि अल्टिमेटम दिए पनि पाटी अध्यक्ष केपी शर्मा ओलीले बेवास्ता गरेपछि खनाल नेपाल समूहका सांसदहरू सामूहिक राजीनामा दिन तयारी गरेका हुन् ।
माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री ओलीले सोमबार विश्वासको मत लिन थालेका छन् । विशवासको मतका लागि दिउँसो १ बजे प्रतिनिधिसभाको बैठक बस्दैछ ।
विश्वासको मत दिने वातावरण बनाउन नेपाल पक्षले प्रधानमन्त्रीलाई ६ बुँदे पत्र लेख्दा सोमबार बिहान नौ बजेसम्म माग पुरा गर्न अल्टिमेटम दिएको थियो ।
नेपालले सर्वोच्चको २३ फागुनको फैसलाअनुसार २०७५ जेठ २ को अवस्थाबाट पार्टीलाई क्रियशिल बनाउनुपर्ने सर्त राखेका थिए ।
नेपालको पत्रमा ओलीले कुनै प्रतिक्रिय नदिएकाले सामूहिक राजीनामा दिने तयारी गरेका हुन् ।
सम्बन्धित विषय:
नेपाल भेट्न नेम्वाङ र पौडेल संसद् सचिवालयमा
सामूहिक राजीनामा दिने तयारीमा नेपाल पक्षका सांसद, प्रधानमन्त्री ओलीलाई २४ घण्टा समय
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।