सामूहिक राजीनामा दिने तयारीमा नेपाल पक्षका सांसद, प्रधानमन्त्री ओलीलाई २४ घण्टा समय

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । प्रधानमन्त्रीसमेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पार्टी एकताका लागि तयार नरहेको निष्कर्ष निकाल्दै असन्तुष्ट माधवकुमार नेपाल पक्षका सांसदले सामूहिक राजीनामा दिने तयारी गरेका छन्।

पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग आइतबार पनि एकताको लागि एकचोटि प्रयास गर्ने र भएन भने आइतबार नै राजीनामा दिनेगरी यो पक्षले तयारी थालेको हो ।

नेता भीम रावलकाअनुसार केही नेताले वरिष्ठ नेता माधवकुमार नेपाललाई हस्ताक्षरसमेत बुझाइसकेका छन । उनले भने-‘हामीले मिल्नै चाहेकाथ्यौँ, दु:खका साथ भन्नुपर्छ, यो सम्भावना लगभग अन्त्य भएको छ । यद्यपि भोलि पनि हामी एकताकै प्रयास गर्नेछौँ । त्यसपछि पनि भएन भने अन्तिम विकल्प भनेको राजीनामा नै हो । हामी सबै सांसद राजीनामा दिन मञ्जुर भएका छौँ । केही साथीहरुको हस्ताक्षर पनि संकलन भइसकेको छ ।’

उनले नेपाल खनाल पक्षका सबै सांसद राजिनामा दिन मञ्जुर भएर हस्ताक्षर गरेको बताए । तर सबैले राजिनामा दिने वा प्रत्यक्ष निर्वाचितहरुले मात्र दिने भन्नेबारे भने आइतबार मात्र टुंगो लाग्ने अर्का एक सांसदले बताए । नेपाली कांग्रेसले ओलीलाई प्रधानमन्त्रीबाट हटाउन निर्णायक भूमिका रहेको नेपाल खनाल पक्षले राजिनामा दिने भए मात्र ओलीलाई हटाउने योजना सफल हुनसक्ने भन्दै राजिनामा गरेर बैकल्पिक सरकार बनाउन तयार हुन आग्रह गरेको थियो । माओवादीले समेत यहि अडान राखेपनि नेपाल खनाल पक्ष राजिनामा दिने निर्णयमा पुगेको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल पक्षका युवा नेताहरुसँग बेलाबेग्लै बार्ता गरि नेपाल खनाल पक्षलाई टुटाउने कोशिस गरेको भन्दै यो पक्ष ओलीसँग थप रुष्ट बनेको छ ।

प्रधानमन्त्री ओलीले वैशाख २७ गते सदनबाट विश्वासको मत लिँदैछन् । अहिले पनि अल्पमतमा रहेका ओली नेपाल-खनाल पक्षले राजीनामा दिएको खण्डमा पदमुक्त हुने सम्भावना बढ्नेछ । यता कांग्रेस र माओवादीले विश्वासको मत नदिने निर्णय गरिसकेको अवस्थामा नेपाल-खनाल पक्षले राजीनामा दिए वैकल्पिक सरकार बन्ने सम्भावना बढ्छ । नेपाल-खनाल पक्षले ०७५ जेठ २ मै फर्किनुपर्ने अडान राख्दै आएको छ भने ०७७ फागुन २८ यता भएका सबै निर्णय रद्द हुनुपर्ने माग दोहोर्‍याइरहेको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।