नेपाल भेट्न नेम्वाङ र पौडेल संसद् सचिवालयमा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं ।नेकपा एमाले विवादको उत्कर्षमा पुगेको छ । नेकपा (एमाले) वरिष्ठ नेता माधवकुमार नेपाल समूहका सांसद राजीनामाको तायारीको लागि सांसद संघीय संसद्‍को सचिवालय भेला भएका छन् ।

नेपाल समूहका नेताबीच भर्चुअल छलफल भएपछि सांसद संघीय संसद्‍ सचिवालयमा पुगेका हुन्।

पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओलीले सोमबार संसद्‍बाट विश्वासको मत लिने तयारी गरेपछि त्यसलाई असफल पार्न नेपाल समूहका सांसद राजीनामाको तयारी थालेका हुन् ।

नेपाल समूहका सांसद राजीनामा बुझाउन सिंहदरबार पुग्दा अध्यक्ष अ‍ोलीले राजीनामा रोक्न अर्थमन्त्री विष्णु पौडेल र एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङलाई सिंहदरबारमा पठाएका छन् ।

नेताहरूबीच संसद सचिवालय सिंहदरबारमा वार्ता हुनेछ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।