add

पत्रकार महासंघ नुवाकोटको अध्यक्षमा खनाल निर्वाचित,६३ मतले नेपाल पराजित






ActPro Nepal

|

२६ चैत, २०७७

|
1676

काठमाडौं । नेपाल पत्रकार महासंघको निर्वाचन हिजो (बुधबार)  सम्पन्न भएको छ । मतदानपछि मतगणना जारी छ ।

कतिपय शाखाको नतिजा समेत सार्वजनिक भइसकेको छ । नेपाल पत्रकार महासंघ नुवाकोटको अध्यक्षमा कपिलदेव खनाल निर्वाचित भएका छन् । उनले प्रतिद्वन्द्वीलाई ६३ मतको अन्तरले पराजित गरेका हुन् । 

बिहीबार बिहान सम्पन्न मतगणनाको नतिजा निर्वाचनमा खनालले १०९ मत ल्याएका थिए भने उनका प्रतिस्पर्धी नारायण प्रसाद नेपालले ४६ मत प्राप्त गरेका थिए । 

त्यस्तै, उपाध्यक्षमा नवराज सुवेदी र जमुना गजुरेल विजयी भएका छन् ।

त्यस्तै, सहसचिवमा सुरज सिलवाल, कोषाध्यक्ष सुनिल विष्ट, सदस्यमा रविन दाहाल, सुजित भण्डारी, मुकुन्दराज अर्याल, हरि भेटवाल, उषा रेग्मी, राममणि अधिकारी, कृष्ण अधिकारी विजयी बनेका छन् ।

बुधबार भएको मतदानमा नुवाकोट शाखामा १६३ कूल मत खसेको थियो ।

नेपाल पत्रकार महासंघको निर्वाचन कार्यतालिकाअन्तर्गत बुधबार बिहान साढे ९ बजेबाट मतदान सुरू भएको थियो भने साँझ ५ बजे सम्पन्न भएको थियो  । पत्रकार महासंघ प्रत्यक्ष मतदान प्रणालीमा प्रवेश गरेपछि केन्द्रीय समितिको निर्वाचन पहिलो पटक प्रत्यक्ष प्रणालीबाट भएको हो ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.