add

आवश्यक परे कांग्रेसले सरकारको नेतृत्व गर्छ : रमेश लेखक






ActPro Nepal

|

१० चैत, २०७७

|
1518

काठमाडौं । नेपाली कांग्रेसका नेता रमेश लेखकले आवश्यक परे कांग्रेस नेतृत्व लिन तयार रहेको बताएका छन् । तर, त्यसका लागि कांग्रेस परिपक्व भइनसकेको नेता लेखको भनाइ थियो ।

सोमबार बसेको पदाधिकारी तथ पूर्वपदाधिरकारीको बैठकपछि पत्रकारहरुसँग कुराकानी गर्दै नेता लेखकले यस्तो बताएका हुन् । ‘आवश्यक पर्यो भने कांग्रेसले वैकल्पिक सरकार दिन्छ भनेकै छ,’ नेता लेखकले भने, ‘तर अझै परिस्थिति सुनिश्चित र परिपक्क भएको छैन ।’

परिस्थिति सुनिश्चित कहिले हुन्छ र के गर्दा हुन्छ भन्नेबारे लेखकले खुलाएनन् । ‘कांग्रेसले सरकारको नेतृत्व गर्ने कुरा परिपक्क हिसाबले निर्णय गर्नुपर्छ,’ नेता लेखकले भने, ‘सरकारलाई नेतृत्व दिन भने तयार नै छौँ ।’

अहिले विभिन्न कोणबाट नयाँ सरकार गठनको कसरत भइरहेका छन् । कतिपय नेताहरुले प्रधानमन्त्री केपी शर्मा ओलीले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने बताएका छन् । कांग्रेस, जनता समाजवादी पार्टी, राप्रपालगायतका सदनमा प्रतिनिधित्व गर्ने राजनीतिक दलले माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिनुपर्ने बताइरहेका छन् । समर्थन फिर्ता नलिँदा राजनीतिक अन्योलता छाएको ति दलहरुको ठम्याइँ छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.