काठमाडौं । नेपाल हाइड्रो डेभलपर लिमिटेडले लाभांश घोषणा गरेको छ ।
कम्पनीको फागुन २० गते बसेको संचालक समितिको बैठकले गरेको निर्णयानुसार आर्थिक वर्ष २०७६/७७ को संचित मुनाफाबाट कम्पनीका सेयरधनीहरुलाई १५ प्रतिशत बोनस सेयर र ०.७८९५ प्रतिशत नगद लाभांश (कर प्रयोजन) गरी कुल १५.७८९५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
त्यस्तै कम्पनीले यस आर्थिक वर्ष ७४/७५ को मुनाफाबाट ४ प्रतिशत बोनस प्रस्ताव गरेकोमा साधारणसभा समेत हुन नसकेको र बुक क्लोज समेत नभएकोले सो समेत जोडेर १५ प्रतिशत लाभांश प्रस्ताव गरेको जनाएको छ ।
कम्पनीले चैत्र १७ गते एक साथ ३ वटा आर्थिक वर्षको साधारणसभा आह्वान गरेको छ । साधारणसभा प्रयोजनको लागि कम्पनीले चैत्र ३ देखि १७ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । चैत्र २ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन् ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।