काठमाडौं । नेकपाको प्रचण्ड-नेपाल समूहले ६८ जिल्लामा नेतृत्व चयन गरेको छ ।
७ फागुनमा बसेको केन्द्रीय कार्यालयको बैठकले भागवण्डाका आधारमा ६८ जिल्ला नेतृत्व चयन गरेको हो।
बैठकद्वारा जारी विज्ञप्तिअनुसार ३५ जिल्लामा प्रचण्ड पक्ष र ३३ जिल्लामा नेपाल पक्षले नेतृत्व पाएको छ।
दाहाल-नेपालले गरेको बाँडफाँट अनुसार पूर्व माओवादी दाहाल-नेपालले आइतवार मात्रै पार्टीको सङ्गठनात्मक संरचना आधा आधा भागबण्डा लगाएका थिए। अब दाहाल-नेपालले जिल्ला इन्चार्ज र सह-इन्चार्ज चयन गर्नेछन्।
दाहाल-नेपालले अन्य ९ जिल्लामा विवादका कारण नेतृत्व टुंग्याउन सकेका छैनन्। यी जिल्लाको पनि विवाद मिलाएर नेतृत्व टुङ्ग्याउने तयारी दाहाल-नेपालले गरेका छन्।
कुन जिल्लामा कसको नेतृत्व?
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।