add

मदनले गाए फुलबुट्टे सारीको ‘कभर’ गीत






ActPro Nepal

|

४ फागुन, २०७७

|
1612

काठमाडौँ ।  राजनराज शिवाकोटीको गीत ‘फूल बुट्टे सारी’ को कभर गीत वरिष्ट हाँस्य कलाकार मदन कृष्ण श्रेष्ठले गाएका छन्। मंगलबार एक कार्यक्रम आयोजना गरी भिडियो सहितको गीत सार्वजनिक भएको छ। मदनले स्वर दिएको भिडियोमा मिथिला शर्मा र मदनकृष्णको अभिनय रहेको छ।

गीतको शब्द तथा संगीत राजनराज शिवाकोटीले तयार पारेका हुन् भने सञ्जिव बराइलीले एरेञ्ज गरेका छन्। यस्तै यो गीतलाई स्याम श्वेत रसाइलीले मिक्स गरेका हुन्।

सार्वजनिक भिडियोलाई राजेश पुमा राईले निर्देशन गरेका छन्। यो गीतलाई मोहन गुरुङले उत्पादन गरेका हुन्।

गीतलाई यो भन्दा पहिले मार्मिक लामा, मिलन नेवार, अरिष्मा शिवाकोटीको स्वरमा रेकर्ड गरिइसकेको छ। मिलन नेवारले गाएको गीतलाई युट्युबमा ३१ लाख पटक हेरिसकिएको छ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2025. ALL RIGHTS RESERVED.