add

तपाई भ्यालेन्टाइन डे को दिन कता जाने अलमलमा हुनुहुन्छ ? हेर्नुस् यो सूची






ActPro Nepal

|

२ फागुन, २०७७

|
1999

काठमाडौं । प्रेमी–प्रेमिकाका लागि एउटा विशेष उत्सव हो भ्यालेन्टाइन । मनले माया गरेको, मनपराएको वा चाहेको मान्छेलाई मायाका भावहरु भ्यालेन्टाईन डे अर्थात प्रणय दिवसमा अभिव्यक्त गरिन्छन् ।

भ्यालेन्टाइन कसरी मनाउने ? पक्कै पनि अधिकांस प्रेमी–प्रेमिकाकाको योजना कतै नयाँ ठाउँ घुम्न जाने र रमाइलो गर्ने पहिलो प्राथमिकतामा परेको होला । भ्यालेन्टाइन नै भनेर घुम्नको लागि टाढा जान असम्भव भए काठमाडौं नजिकैका गन्तव्यहरु पनि छनोटमा पार्न सकिन्छ ।

आकारमा सानो र आर्थिक हिसाबले गरीब भनिए तापनि नेपाल प्राकृतिक सुन्दरताका हिसाबले विश्वकै धनी मुलुकमध्येमा पर्छ । 

त्यसैले यहाँ घुम्नका लागि उपयुक्त धेरै गन्तव्यहरु छन् । यी हुन् राजधानीमा रमाईलो गर्ने ठाँउहरु । यीनै गन्तव्यहरु मध्ये केही गन्तव्यका बारेमा जानकारी लिनुहोस्

ककनी

डेटिङ स्पटको रुपमा चिनिने चर्चित ठाँउ हो नुवाकोट जिल्लामा पर्ने ककनी जसलाई काठमाडौं नजिकैको पर्यटकीय स्थलको रुपमा लिईन्छ । 

ट्राउट माछाको स्वादसँगै मायाँको स्वादमा लिन चाहनेका लागि यो ठाउँ उत्तम हुन सक्छ । ककनी स्टेबरी र ट्राउन माछाले प्रख्यात मानिन्छ ।

काठमाडौंको माछापोखरीबाट बस चढेर २० किलोमिटर यात्रा गरेपछि ककनी पुग्न सकिन्छ । एकै दिनमा फर्केर अउन सकिने यहाँ स–साना उद्यान तथा हरियाली डाँडाहरु छन् । 

बासका लागी पनि सुविधायुक्त होटहरु छन् । हरियाली वातावरण भएको ककनी धेरैको रोजाइमा पर्न सक्ने ‘पर्यटकीय हब’ हो ।

बालाजुपार्क– बालाजु

बाईपासमा रहेको बालाजुपार्क सांस्कृतिक धार्मिक महत्वको क्षेत्र हो। यद्यपी यहाँको पौडी पोखरी, पार्क र २२ धाराले यो स्थानलाई दिन बिताउन सकिने स्थल बनाएको छ। 

बालाजु क्षेत्रमा रहेको तपोवन ध्यान, योगका लागि प्रसिद्ध स्थल हो। सिरियस सम्बन्धमा भएका व्यक्तिहरुका लागि यहाँको वातावरणले आकर्षण गर्छ। 

त्यसो त यहाँको आध्यात्मिक वातावरणले सम्बन्ध र भावनालाई गम्भिर पनि बनाउँछ। यहाँको पार्क क्षेत्रको शान्त वातावरण गम्भिर कुराकानीका लागि उपयुक्त स्थल पनि हो।

टौदह

काठमाडौंबाट टौदहमा पुगेर रमाउन धेरै समय छुट्टाउनु पर्दैन । काठमाडौंबाट नजिकै रहेको यो स्थानअत्यन्तै रमणीय छ । धेरै प्रेम जोडीहरु र कलेजका विद्यार्थीहरुको रोजाइमा पर्ने टौदह कीर्तिपुर नगरपालिकामा पर्छ । 

काठमाडौंको पुरानो बसपार्कबाट दक्षिककालीको बस चढेर टौदह पुग्न सकिन्छ । पुरानो बसपार्कबाट सात किलोमिटर मात्र यात्रा गरेपछि पुग्न सकिने टौदह काठमाडौं उपत्यका भित्रको सबैभन्दा ठूलो ताल मानिन्छ । 

पर्यटनका लागि उपयुक्त स्थानका रुपमा टौदहलाई मानिन्छ । यस तालमा नजिकै रहेको चम्पागिरी पहाडको छाया देख्न पाइन्छ । 

चन्द्रागिरि

‘भ्यालेन्टाइन डे’को दिन आफ्नो जोडीसँग हाइकिङ जान रुचाउँनेले पदयात्रा गरेर चन्द्रागिरि पुग्न सकिन्छ । लगभग एक घण्टाको उकालोपछि २५ सय मिटर अग्लो चन्द्रागिरि पुगिन्छ । 

चन्द्रागिरिबाट माछापुच्छ्रे, अन्नपूर्ण, मनास्लु, गणेश, लाङटाङ, दोर्जेलाक्पालगायत धेरै हिमशृंखला छर्लंगै देखिन्छ । प्रशस्त होटल, क्याफे उपलब्ध भएको चन्द्रागिरिमा भालेश्वर मन्दिर पनि छ । फर्किंदा केबुलकार चढेर आनन्द लिन सकिन्छ ।

गोदावरी

परिवारिक घुमघाम र प्रेम जोडीका लागि प्रेम ब्यक्त गर्ने उत्तम गन्तब्य हो गोदावरी । जहाँ प्राकृतिक सौन्दर्यतामा रमाउन चाहनेका लागि यो एउटा उत्तम ठाउँको रुपमा लिईन्छ । 

यहाँ माया साट्नेहरुको भिड हुन्छ । त्यसो त पिकनिक र पारिवारिक रिफ्रेसका लागि पनि गोदावरी पुग्नेहरु थुप्रै भेटिन्छन् । 

गोदावरीस्थित बोटानिकल गार्डेन आजकल आकर्षक गन्तव्य बनेको छ । फूल, बगैंचा र जंगलले घेरिएको यो स्थान प्राकृतिक सौन्दर्ययुक्त छ।

त्रिभुवन पार्क

थानकोट स्थित त्रिभुवन पार्क पिकनिक स्पटसंगै डेटिङ स्पटका रुपमा चिनिन थालेको एक चर्चित थलो हो । 

हरियाली जंगलको स-साना बगैंचा र चराचुरुङ्गीको चिर्बिर-चिर्बिर आवाजले आमन्त्रण गरिरहेका आभास हुन्छ । साथीभाईहरुसँग जमघट गरेर पिकनिक गर्ने गर्नका लागि यो पार्क उपयुक्त छ। 

यो पार्क शान्त र हरियाली वातावरणमा भएकाले पिकनिकका लागि पनि प्रख्यात छ । 

कलंकीबाट करिब ६ किलोमिटर पश्चिममा रहेको पार्क प्रवेश गर्न विद्यार्थी र अन्यलाई फरक–फरक शुल्क निर्धारण गरिएको छ । पार्क सुनसान र रमणीय भएकाले जोडीहरुले भ्यालेन्टाइन स्पटका रुपमा छनोट गर्न सक्छन् ।

सदर चिडियाखाना

जनावर तथा पंक्षीको अवलोकन मात्र होइन डेटिङका लागि ललितपुर जावलाखेलमा रहेको सदर चिडियाखाना रोज्नेहरुको संख्या पनि धेरै छ । शितल र रमणीय स्थल भएकाले धेरै परिवारिक घुमघामको लागि राम्रो मानिन्छ । यहाँ रहेको पोखरी किनार र सँगै रहेका खलकुद स्थानहरुमा भुलिने गर्छन ।

धुलिखेल

धुलिखेल अर्को गन्तब्य हो जहाँ धेरै प्रेमिल जोडीहरु रोमान्समा व्यस्त हुन्छन । यो ठाउँ डेटिङका लागि पर्याप्त पूर्वाधारका साथै मनोरम दृश्यले भरिपूर्ण छ । मोटरसाइकलमा जाने दूरीमा भएकाले यो ठाउँ एसेसिबल छ। दशैमा यो ठाँउ परिवारिक घुमघामको लागि राम्रो मानिन्छ ।

सेतो गुम्बा

काठमाडौंको रामकोट-८ डाँडा गाउँमा रहेको सेतो गुम्बा शान्त वातावरण भएको वाइट गुम्बा जोडीहरुका लागि मन भूल्याउने उपयुक्त स्थान हो । डुक अमिताभा माउण्टेन नामाकरण गरिएको वाइट अर्थात सेतो गुम्बा धेरै प्रेमजोडीहरुले रोज्ने गर्छन । 

यहाँबाट काठमाडौं उपत्यकाको रमणीय दृश्यावलोकन गर्न सकिन्छ । स्वयम्भु वा सितापाइलाबाट डेढ घण्टा हिंडेर गुम्बामा पुग्न सकिन्छ । रमणीय बगैंचा र हरियाली डाँडाहरुमा रमाउन खुबै मजा आउँछ ।

नगरकोट

काठमाडौंबाट करिव ३५ किमीको दुरीमा रहेको यो ठाउँ प्राकृतिक रुपले समेत सुन्दर छ त्यसैले पनि धेरेको रोजाईमा पर्ने गरेको छ नगरकोट । राजधानीको भीडलाई छलेर अनगिन्ती जोडी बाइकमा बत्तिँदै नगरकोट पुग्छन् । 

त्यहाँको प्राकृतिक सौन्दर्यले प्रेममय मनलाई छताछुल्ल बनाइदिन्छ । मनोरम हिम श्रृंखलाले तपाइको जोडीलाई थप प्रेमभास दिलाउछ । 

सूर्योदय र सूर्यास्तको दृश्यावलोकन गर्न पाउनु त्यहाँका थप आकर्षण हुन्। आसपासका दृश्य हेर्न त्यहाँ भ्यू टावर बनाइएको छ। नगरकोटमा स्तरीय रिसोर्टको कमी छैन भने जलपादेवी, कालीदेवी, महादेव कुण्डजस्ता देवस्थल पनि छन् ।

चोभार

यो ठाँउ परिवारिक घुमघामको लागि राम्रो मानिन्छ । काठमाडौं बल्खुबाट करिब साढे चार किलोमिटर दक्षिण क्षेत्रमा रहेको चोभारबाट काठमाडौं सहरको सुन्दर दृश्य र हिमाल पनि अवलोकन गर्न सकिन्छ ।

जोडीलाई लुकिछिपी माया साटासाट गर्न यहाँ प्रशस्त स्थानहरु छ । चलचित्र तथा म्युजिक भिडियोका छायांकनका लागि प्रख्याती कमाएको यो स्थान सुनसान र एकान्त छ ।

भोटेचौर 

‘मिनी इलाम’ को उपनामले चिनिएको काठमाडौंबाट नजिकै रहेको भोटेचौरको चियाबगान धेरै जोडीको रोजाइमा पर्छ । प्राकृतिक सौन्दरयतामा रमाउन मात्र होइन फोटो खिचेर आनन्द लिन भोटेचौरमापरिवारिक घुमघामको लागि राम्रो मानिन्छ । 

चावहिलबाट ३८ किलोमिटर टाढा रहेको सिन्धुपाल्चोकको भोटेचौरमा सुविधायुक्त होटलहरु पनि छन् । साँखुबाट दुई घण्टाको बसयात्रा गरे भोटेचौर पुगिन्छ । साँखुबाट पाँच घण्टा हाइकिङ गर्दै जाँदा भ्यालेन्टनाइ अविस्मरणीय हुन्छ ।

ललितपुरको बज्रवाराही

यो ठाँउ परिवारिक घुमघामको लागि राम्रो मानिन्छ । गुमनाम भएर छताछुल्ल मायाँ पोख्न चाहनेहरुका लागि उत्तम गन्तब्य हो बज्रबाराही ।

उपत्यकाका चार वाराहीमध्ये बज्रवाराही मन्दिरको बेग्लै महत्व छ । ललितपुरको चापागाउँमा पर्ने यो मन्दिरसम्म पुग्न ललितपुरको लगनखेल तथा जावलाखेलबाट सहजै गाडी पाइन्छ । 

प्राकृतिक रूपले सुन्दर हुनुका साथै ऐतिहासिक स्थलका रूपमा पनि यो मन्दिरको विशेष महत्त्व छ ।

चिसापानी

नुवाकोट, सिन्धुपाल्चोक र काठमाडौंको संगमस्थल चिसापानी पुग्न सुन्दरीजलबाट करिब सात घण्टा हाइकिङ गरेर पुग्न सकिन्छ । 

घना जंगल र तामाङ बस्तीहरुको अवलोकन गर्दै सात घण्टा यात्रा गर्दाको मजा बेग्लै हुन्छ । शिवपुरी निकुञ्जमा टिकट काटेर जंगल र बस्ती छिचोल्दै चिसापानी डाँडामा पुग्न सकिन्छ ।

गौरीशंकर, लाङटाङ हिमालको मजाले दृश्यावलोकन गर्न सकिने यहाँ बाट एकैदिनमा पनि काठमाडौं फर्कन सकिन्छ । 

एकरात बास बस्ने हो भने सुविधायुक्त होटलहरु छन् । हाइकिङ गर्दै भ्यालेन्टाइनलाई स्मरणीय बनाउन चिसापानी अब्बल गन्तव्य हो ।

इन्द्र सरोबर

घुम्नका लागी उपयुक्त स्थान विद्युत उत्पादन गर्न पानी भरिएको मकवानपुरको इन्द्र सरोबर (कुलेखानी) रोज्ने गन्तब्य हो । 

तालमा काठका डुंगा सयर गरेर रमाउन जोडीहरु यहाँ पुग्छन । माछाका परिकारहरु खानका लागी धेरैको रोजाइमा कुलेखानी पर्छ । 

काठमाडौंबाट फर्पिङ हुँदै ४५ मिलोमिटर वा सिस्नेरीबाट ५५ किलोमिटर यात्रापछि कुलेखानी पुगिन्छ ।

स्वप्न बगैंचा

पर्यटकीय क्षेत्र ठमेलमा एउटा ऐतिहाँसक र सुविधासम्पन्न पार्क छ गार्डेन अफ ड्रिम अर्थात स्वप्न बगैंचा । 

यो उपत्यका भित्रको चर्चित डेटिङ स्पटमध्येको एक हो । सुन्दर र आकर्षक बस्ने ठाउँ, माछा पोखरी, बगैंचा, सुविधा सम्पन्न क्याफे रहेको बगैंचा केशरमहलसँगै रहेको छ । 

विदेशीहरुको रोजाइमा पर्ने बगैंचा नेपालीहरुको पनि उत्तिनै भिड लाग्छ । सामान्यतः यहाँ प्रवेश गर्न एकसय रुपैंया शुल्क निर्धारण गरिएको छ ।

भृकुटी मण्डप पार्क

भृकुटी मण्डप सँगै रहेको पार्क जोडीहरुका लागि उपयुक्त जक्सनका रुपमा चर्चित छ । विशेष गरी व्यावसायीक प्रदर्शनीका रुपमा चिनिएको भृकुटी मण्डप डेटिङको लागि पनि रोजाईमा पर्ने गरेको छ ।

धुलिखेल धुलिखेल अर्को गन्तब्य हो जहाँ धेरै प्रेमिल जोडीहरु रोमान्समा व्यस्त हुन्छन । यो ठाउँ डेटिङका लागि पर्याप्त पूर्वाधारका साथै मनोरम दृश्यले भरिपूर्ण छ । मोटरसाइकलमा जाने दूरीमा भएकाले यो ठाउँ एसेसिबल छ।

सुन्दरीजल

नाम जस्तै सुन्दर छ यो ठाउँ । यहाको वातावरणमा भरपुर आनन्द लिन सकिन्छ । 

प्रकृतिको रमणीय काखमा बसेर फोटो सेसन गर्न निकै उत्तम ठाउँ हो यो । 

यो ठाँउ परिवारिक घुमघामको लागि राम्रो मानिन्छ । यो ठाउ निकै ब्यस्त हुने गर्छ । राजधानीबाट करिब १५ किलोमिटर दुरीमा रहेको यो ठाउमा जानेहरूका लागि खान, बस्न र दिन बिताउनका लागी उचित सुबिधाहरु उपलब्ध छन ।

पशुपति क्षेत्र

हिन्दुहरुको पवित्र धार्मिक स्थल पशुपतिनाथ मन्दिर क्षेत्र पनि जोडीका लागि एक उपयुक्त स्थान हो । यस आसपास रहेको बनकाली, मृगस्थली स्थानहरुमा जोडीको उल्लेख्य उपस्थिति देख्न सकिन्छ । हरियाली क्षेत्रले धेरै जोडीलाई यहाँ आकर्षित गर्छ ।

स्वयम्भु परिसर

बौद्ध धर्मावलम्बीको धार्मिक स्थल स्वयम्भु पनि दशैमा यो ठाँउ परिवारिक घुमघामको लागि राम्रो मानिन्छ । 

धार्मिक स्थल परिसरका रमणीय स्थलहरु प्राय डेटिङ स्पटका रुपमा चिनिएका छन् । 

त्यसमध्ये काठमाडौं शहरभन्दा केही उच्च स्थानमा रहेको स्वयम्भु शहरको रमणीय दृश्यावलोकन साथै शितलतामा रमाउन सकिन्छ ।

फूल्चोकी

२८ सय मिटरको अग्लो फूल्चोकी पुग्न गोदावरीबाट उकालो चढ्नुपर्छ । फूल्चोकीको टुप्पोबाट काठमाडौं उपत्यका छर्लंगै देखिन्छ । यहाँबाट हिमालका चुचुरादेखि तराईका समथर सुन्दर फाँटको गरी फूल्चोकी माईको दर्शन गर्न सकिन्छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.