add

नेपाल इन्फ्रास्ट्रक्चर बैंकको आइपीओ : ३ दिनमै माग भन्दा बढि कित्ताको आवेदन






ActPro Nepal

|

५ माघ, २०७७

|
1530

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंकले निष्काशन गरेको आइपिओमा लगानीकर्ताको आकर्षण अत्याधिक देखिएको छ ।

विक्री प्रबन्धक एनआइबीएल एस क्यापिटलका अनुसार आइतबार ४ः३० बजेसम्म ८ लाख २ हजार ७०८ जनाले ९ करोड ९४ लाख ६ हजार ७४० कित्ताका लागि आवेदन दिएका छन् ।

कम्पनीले शुक्रबारदेखि प्रतिकित्ता १०० रुपैयाँ दरले ८ अर्ब रुपैयाँ बराबरको ८ करोड कित्ता आइपीओ निष्काशन गरेको छ ।

निष्काशित कुल ८ करोड कित्तामध्ये बैंकले कर्मचारीका लागि १ लाख ६० हजार कित्ता ९०।२० प्रतिशत० र सामूहिक लगानी कोषका लागि ४० लाख कित्ता ९५ प्रतिशत० छुट्याइएको छ । बाँकी रहेको ७ करोड ५८ लाख ४० हजार कित्ताका लागि सर्वसाधारणले आवेदन दिन पाउनेछन् ।

बैंकको आइपीओमा माघ ६ गतेसम्म आवेदन दिन पाइनेछ । सो अवधिसम्म सबै सेयर विक्री नभएमा ढिलोमा माघ १६ गतेसम्म आवेदन दिन पाइनेछ ।बैंकको आइपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम २ करोड कित्तासम्मको लागि आवेदन दिन सकिनेछ ।

कम्पनीको आइपीओमा सर्वसाधरणले विक्री प्रबन्धक एनआइबीएल एस क्यापिटल, धितोपत्र बोर्डबाट अनुमति प्राप्त सी–आस्वा सदस्यता प्राप्त गरेका बैंक तथा वित्तीय संस्थाका साथै मेरोसेयर मार्फत पनि आवेदन दिन सक्नेछन् ।

बैंकको सेयर अन्डरराइटरमा नागरिक लगानी कोष र विक्री प्रबन्धक एनआइबीएल एस क्यापिटल रहेका छन् ।बैंकको आइपीओलाई रेटिङ एजेन्सी इक्रा नेपालले ‘इक्रा एनपी आइआर बीबीबी’ रेटिङ दिएको छ । यसले कम्पनीको वित्तीय अवस्था मध्यम रहेको र वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा मध्यम सुरक्षित रहेको जनाउँछ ।

कति कित्ता भर्नु उपयुक्त

धितोपत्र निष्काशन तथा बाँडफाँट नियमावली अनुसार सबै योग्य आवेदकलाई कम्तीमा १० कित्ताका दरले समानुपातिक हिसाबले आइपीओ बाँडफाँट गर्नुपर्ने हुन्छ।

कम्पनीले सर्वसाधरणलाई ७ करोड ५८ लाख ४० हजार कित्ता छुट्याएको छ । यसअघि खुलेका आइपीओमा साढे १२ लाखले आवेदन दिँदै आएका छन् । पछिल्लो समय डिम्याट खाता खोल्नेको संख्या पनि ह्वात्तै बढेको छ । यसआधारमा करिब १५ लाख जनाले आइपीओ भर्ने आँकलन गरिएको छ ।

त्यस अनुसार बैंकको आइपीओ सबैलाई समानुपातिक रुपमा बाँड्दा ५० कित्ता पाउने सम्भावना देखिन्छ । तर, सबै आवेदकले ५० कित्ताका लागि आवेदन नगर्न पनि सक्छन् । त्यसैले बैंकको आइपीओमा न्यूनतम ५० देखि ८० कित्ता अर्थात् ५ हजारदेखि ८ हजार रुपैयाँ बराबरको आवेदन दिनु उपयुक्त देखिन्छ ।

कम्पनीको वित्तीय अवस्था

बैंकको अधिकृत पूँजी ३४० अर्ब, जारी पूँजी २० अर्ब र हाल चुक्तापूँजी १२ अर्ब रहेको छ भने आइपीओ विक्रीपछि चुक्ता पूँजी २० अर्ब रुपैयाँ पुग्नेछ । बैंकको संस्थापक र साधारण सेयर संरचना अनुपात ६०:४० प्रतिशत हुनेछ ।

बैंकले चालू आवको पहिलो त्रैमासमा १८ करोड १ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आवको सोही अवधिको तुलनामा १२.४३ प्रतिशतले कमी हो । बैंकले गत आवको पहिलो त्रैमासमा २० करोड ५७ लाख खुद नाफा कमाएको थियो ।

समीक्षा अवधिमा बैंकको वितरण योग्य नाफा १८ करोड १ लाख रुपैयाँ रहेको छ भने बैंकको जगेडा कोषमा १ अर्ब ८१ करोड रुपैयाँ रहेको छ ।बैंकले २८ अर्ब ३५ करोड रुपैयाँ ब्याज आम्दानी गरेको थियो ।

समीक्षा अवधिमा बैंकले २५ करोड रुपैयाँ निक्षेप संकलन गरी ९ करोड रुपैयाँ लगानी गरेको छ । बैंकको प्रतिसेयर आम्दानी ७.०६ रुपैयाँ रहेको छ भने प्रति सेयर नेटवर्थ ११३.६२ रुपैयाँ रहेको छ ।

बैंकको व्यवसाय

नेपालमा रहेका मध्ये सबैभन्दा धेरै पूँजी भएको यो बैंक ठूला पूर्वाधारहरुमा लगानी गर्ने उद्देश्यका साथ खोलिएको हो । बैंकले यातायात, कृषि, पर्यटन, ऊर्जा, सहरी पूर्वाधार, सूचनाप्रविधि क्षेत्रमा लगानी गर्छ ।

बैंकले हालसम्म एक सोलार परियोजना, ४ वटा हाइड्रोपावर, एक सिमेन्ट उद्योग र एउटा पाँचतारे होटेलसहित ८ परियोजनामा ८ अर्ब ३५ करोड रुपैयाँ लगानी सम्झौता गरिसकेको छ । जसमध्ये १ अर्ब १२ करोड लगानी भइसकेको छ ।

बैंकले आफ्नो पहिलो लगानी कास्की जिल्लामा रहेको ३२ मेगावाटको करुवा सेती जलविद्युत परियोजनामा गरेको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

सिफारिस

नेपाल इन्फ्रास्ट्रक्चर बैंकको आइपिओ आवेदन खुल्यो,यसरी गर्नुस आवेदन






एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.