add

नेपाल इन्फ्रास्ट्रक्चर बैंकको आइपिओ आवेदन खुल्यो,यसरी गर्नुस आवेदन






ActPro Nepal

|

२ माघ, २०७७

|
1224

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंकले देखि अहिलेसम्मकै सबैभन्दा धेरै आइपीओ खुल्ला गरेको छ ।

बैंकले शुक्रबारबाट ८ अर्ब रुपैयाँको आइपीओ विक्री खुला गरेको हो ।

निष्काशन हुने कुल ८ करोड कित्तामध्ये बैंकले कर्मचारीका लागि १ लाख ६० हजार कित्ता (०.२० प्रतिशत) र सामूहिक लगानी कोषका लागि ४० लाख कित्ता (५ प्रतिशत) छुट्याइएको छ । बाँकी रहेको ७ करोड ५८ लाख ४० हजार कित्ताका लागि सर्वसाधारणले आवेदन दिन पाउनेछन् ।

बैंकको आइपीओमा माघ ६ गतेसम्म आवेदन दिन पाइनेछ । सो अवधिसम्म सबै सेयर विक्री नभएमा ढिलोमा माघ १६ गतेसम्म आवेदन दिन पाइनेछ ।बैंकको सेयर अन्डरराइटरमा नागरिक लगानी कोष र विक्री प्रबन्धक एनआइबीएल एस क्यापिटल रहेका छन् ।

बैंकको आइपीओलाई रेटिङ एजेन्सी इक्रा नेपालले ‘इक्रा एनपी-आइआर बीबीबी’ रेटिङ दिएको छ । यसले कम्पनीको वित्तीय अवस्था मध्यम रहेको र वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा मध्यम सुरक्षित रहेको जनाउँछ ।

धितोपत्र नियमावली अनुसार सबै आवेदकलाई समानुपातिक रुपमा सेयर बाँडफाँट गर्नुपर्ने व्यवस्था छ । पछिल्लो समय खुलेका आइपीओमा साढे १२ लाखभन्दा बढीले आवेदन दिँदै आएका छन् । सो आधारमा बैंकको आइपीओमा आवेदन गर्नेले कम्तीमा ६० कित्ता सेयर पाउने देखिन्छ । यद्यपि, आवेदकको संख्या थपघटमा भएमा पाउने सेयर कित्ता पनि थपघट हुनेछ ।

कम्पनीको वित्तीय अवस्था

बैंकको अधिकृत पूँजी ३४० अर्ब, जारी पूँजी २० अर्ब र हाल चुक्तापूँजी १२ अर्ब रहेको छ भने आइपीओ विक्रीपछि चुक्ता पूँजी २० अर्ब रुपैयाँ पुग्नेछ । बैंकको संस्थापक र साधारण सेयर संरचना अनुपात ६०:४० प्रतिशत हुनेछ ।

बैंकले चालू आवको पहिलो त्रैमासमा १८ करोड १ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आवको सोही अवधिको तुलनामा १२.४३ प्रतिशतले कमी हो । बैंकले गत आवको पहिलो त्रैमासमा २० करोड ५७ लाख खुद नाफा कमाएको थियो ।

समीक्षा अवधिमा बैंकको वितरण योग्य नाफा १८ करोड १ लाख रुपैयाँ रहेको छ भने बैंकको जगेडा कोषमा १ अर्ब ८१ करोड रुपैयाँ रहेको छ ।बैंकले २८ अर्ब ३५ करोड रुपैयाँ ब्याज आम्दानी गरेको थियो ।

समीक्षा अवधिमा बैंकले २५ करोड रुपैयाँ निक्षेप संकलन गरी ९ करोड रुपैयाँ लगानी गरेको छ । बैंकको प्रतिसेयर आम्दानी ७.०६ रुपैयाँ रहेको छ भने प्रति सेयर नेटवर्थ ११३.६२ रुपैयाँ रहेको छ ।

बैंकको व्यवसाय

नेपालमा रहेका मध्ये सबैभन्दा धेरै पूँजी भएको यो बैंक ठूला पूर्वाधारहरुमा लगानी गर्ने उद्देश्यका साथ खोलिएको हो । बैंकले यातायात, कृषि, पर्यटन, ऊर्जा, सहरी पूर्वाधार, सूचनाप्रविधि क्षेत्रमा लगानी गर्छ ।

बैंकले हालसम्म एक सोलार परियोजना, ४ वटा हाइड्रोपावर, एक सिमेन्ट उद्योग र एउटा पाँचतारे होटेलसहित ८ परियोजनामा ८ अर्ब ३५ करोड रुपैयाँ लगानी सम्झौता गरिसकेको छ । जसमध्ये १ अर्ब १२ करोड लगानी भइसकेको छ ।

बैंकले आफ्नो पहिलो लगानी कास्की जिल्लामा रहेको ३२ मेगावाटको करुवा सेती जलविद्युत परियोजनामा गरेको छ ।

कति भर्ने ? कति पर्ला ?

पछिल्लो पटक सार्वजनिक निष्काशन गरेको चन्द्रागिरी हिल्सको आइपीओमा १२ लाख ५१ ह्जार १० जनाले आवेदन दिएका छन् । यहि बैंकको आइपीओ भर्नका लागि हजारौं डिम्याट खाता थपिएका छन् । 

यो आइपीओमा १३ लाख भन्दा बढी आवेदन पर्न सक्ने पूर्वानुमान गरिएको छ । औषतमा एक सय कित्ताका लागि आवेदन गर्दा हुने देखिन्छ । सरदर ५० देखि ६० कित्तासम्म आइपीओ सबै आवेदकलाई पर्न सक्ने बताइन्छ । यद्यपी कति आवेदन पर्छ भन्ने तथ्यांकले नै कति सेयर पर्न सक्छ भन्ने एकिन हुनेछ । 

आइपीओ जारी गरेपछि बैंकको चुक्ता पुँजी २० अर्ब रुपियाँ कायम हुनेछ । बैंकमा नेपाल सरकारको १० प्रतिशत, पाँच वटा बाणिज्य बैंक, १० वटा बीमा कम्पनी र केहि दिग्गज उद्योगी व्यवासयीहरुको लगानी रहेको छ । बैंकले भर्खरै रामकृष्ण खतिवडालाई प्रमुख कार्यकारी अधिकृत नियुक्त गरेको छ । 

बैंकले आगामी आर्थिक वर्षदेखि लगानीकर्तालाई लाभांश दिने योजना बनाएको छ । बैंकले लण्डन स्टक एक्सचेञ्जमा सूचिकृत हुने गरि बेलायतमा बण्ड जारी गर्ने तयारी गरिसकेको छ । 



एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.