add

नेप्से नयाँ रेकर्ड ब्रेकको नजिक,नेप्से परिसूचक ६४ अंकले बढ्दाँ होटलबाहेक सबै हरियाली






ActPro Nepal

|

१० मंसिर, २०७७

|
1285

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साताको चौथो दिन आज (बुधबार) उत्साह छाएको छ । नेप्से आज ६४ दशमलव ७० अंकले बढेर १ हजार ८७४ दशमलव ८१ विन्दुमा पुगेको छ । यस अघि २०७३ साउन १२ गते नेप्सेले १८८१ विन्दुमा पुगेर नयाँ रेकर्ड कायम गरेको थियो । नेप्सेले सोहि विन्दुमा पुग्न ७ अंक बाँकी रहेको छ ।       

नेप्सेका अनुसार बुधबार कूल १९६ वटा कम्पनीकाे एक कराेड ४७ लाख ८९ हजार ३ सय ३ कित्ता शेयर खरिदबिक्री हुँदा ५ अर्ब १३ करोड १८ लाख ८६ हजार ४ सय ८८  रुपैयाँको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।

आज कारोबार भएका कूल १२ उपसमूहमध्ये आज ११ वटा उपसमूहकाे शेयर बढेकाे छ भने बाँकी एउटा उपसमूहकाे शेयर मात्र घटेकाे छ । 

कारोबार रकम ५ अर्ब नाघेको छ भने ३ वटा कम्पनीको १० प्रतिशतले सेयर मूल्य बढेर सर्किट ब्रेक लागेको छ । शिवम् सिमेन्ट, एनएमबि माइक्रोफाइनान्स र बिशाल बजार कम्पनीको सेयर मूल्इ १० प्रतिशतले बढेर सर्किट ब्रेक लागेको हो ।

बुधबार नेप्सेमा कारोबार हुने १३ उपसमूहहरु मध्ये होटल १ दशमलव ०२ अंकले ओरालो लागेको छ भने बाँकी सबै समूहहरु बढेर हिरयो देखिएका छन् । सबैभन्दा धेरै व्यापार ७ दशमलव ९३ प्रतिशत अर्थात १ सय ७९ दशमलव ९९ अंकले बढेको छ ।

यसैगरी बैंकिङ ४०.४ अंकले, विकास बैंक २९.१८, जलविद्युत् २४.७८, फाइनान्स १५.२८, निर्जिबन जीवन बिमा ३१६.६९, उत्पादनमूलक ३००.३३, लघुवित्त १०६.८६ र जीवन बिमा १९०.४३ अंकले उकालो लागेको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.