add

चार्टर र उद्धार उडान पुनः सुचारु, दैनिक तीन फ्लाइट मात्र






ActPro Nepal

|

५ भदौ, २०७७

|
803

काठमाडौं । हवाई मार्ग मार्फत स्वदेश आउन चाहने नेपालीलाई ल्याउन सरकारले ‘चार्टर तथा उद्धार उडान’लाई पुनः सुचारु गर्ने भएको छ । बिहीबार साँझ बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले हवाइ मार्गबाट स्वदेश आउने यात्रुका लागि मापदण्ड निर्धारण गरी चार्टर उडान सुचारु गर्ने निर्णय गरेको हो ।

मन्त्रिपरिषद्का अनुसार अब हवाई मार्गबाट आउनेहरुले काठमाडौं ओर्लेपछि सात दिनसम्म होटल क्वारेन्टिनमा बस्नै पर्ने भनिएको छ । विदेशमा बस्नेहरुले कुन होटलमा बस्ने भन्ने बुकिङ गरेर मात्र आउनुपर्नेछ । यसका लागि सरकारले होटलहरुको सूची प्रकाशित गर्ने समेत भनिएको छ । होटलमा बस्दाको खर्च व्यक्ति स्वयंले व्यहोर्नुपर्ने प्रावधान छ ।

मन्त्रिपरिषद्ले विदेशबाट आउनेहरुको सूची त्यस देशमा रहेको दूताबासले तोकेबमोजिम हुने पनि बताएको छ । साथै एकदिनमा बढीमा तीनवटा फ्लाइटसम्म मात्रै सरकारले उडान अनुमति दिने मापदण्ड बनाएको छ ।

अब माग भएका ठाउँहरुको उडान तालिका बनाएर चार्टर फ्लाइट सुरु हुनेछ । यसअघि सोमबार कोभिड–१९ संकट व्यवस्थापन सेन्टर (सीसीएमसी) ले चार्टर तथा उद्धार उडान राखेको थियो । उक्त निर्णयका कारण दुबई गएको नेपाल एयरलाइन्सको विमान खाली फर्किएको थियो ।


तस्विरः प्रधानमन्त्रीकाे निजी सचिवालय ।

मन्त्रिपरिषद्ले सरकारले तोकेका १० वटा स्थल नाकाहरुबाट स्वदेश आउने नागरिकलाई पनि सोही नाकामा रहेका होटलमा अनिवार्यरुपमा सात दिनसम्म बस्नुपर्ने मापदण्ड बनाएको छ । उनीहरुले पनि होटल खर्च आफैंले व्यहोर्नुपर्ने छ । होटल खर्च व्यहोर्न नसक्नेहरुको हकमा स्थानीय समितिले व्यवस्थापन गर्ने भनिएको छ ।

बैठकले विभिन्न जिल्लामा प्रमुख जिल्ला अधिकारीहरुमार्फत घोषणा गरिएका निषेधाज्ञाको कार्यान्वयन र पालनाका लागि गृह प्रशासनलाई निर्देशन दिने निर्णय गरेको छ ।

काठमाडौं उपत्यकाको हकमा समन्वय गर्न गृह मन्त्रालयका सहसचिवको नेतृत्वमा कमिटी गठन गर्ने निर्णय भएको सिसिएमसीका एक मन्त्रीले बताए । कमिटीमा उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारी र सुरक्षा अधिकारीहरु रहनेछन् ।

यस्तै सरकारले कोरोना संक्रमितको संख्या बढ्न थालेपछि सरकारी, सामुदायिक र निजी अस्पतालले आफ्नो क्षमता अनुसार आईसोलेसन बढाउने निष्कर्ष समेत निकालेको छ । काठमाडौं उपत्यकासहित देशभर कोरोना संक्रमितको संख्या उच्च दरमा बढ्न थालेपछि आईसोलेन बढाउने निर्णय गरेको हो ।

यो पनि पढ्नुसः

आजदेखि पाँचौँ चरणको उद्धार उडान शुरु, कसलाई कति उडान अनुमति ?

विदेशबाट हुने उद्धार उडानहरू अनिश्‍चितकालका लागि स्थगित


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.