आजदेखि पाँचौँ चरणको उद्धार उडान शुरु, कसलाई कति उडान अनुमति ?

आजदेखि पाँचौँ चरणको उद्धार उडान शुरु, कसलाई कति उडान अनुमति ?

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं। सरकारलेको भिड–१९ महामारीका कारण विदेशमा अलपत्र नेपालीको उद्धारका लागि आजदेखि पाँचौँ चरणको उद्धार उडान शुरु गरेको छ ।

नेपालका दुई नेपाल वायु सेवा निगम (नेपाल एअरलाइन्स) र हिमालय एअरलाइन्ससहित विभिन्न विदेशी एअरलाइन्सले नेपालीलाई स्वदेश फर्काउन आजदेखि उद्धार चार्टर्ड उडान गर्न लागेका हुन्।   

नेपाल एअरलाइन्सले यही भदौ १५ सम्म उद्धार उडान गर्नेछ भने हिमालय एअरलाइन्सले भदौ १४ सम्मको उद्धार उडान तालिका सार्वजनिक गरेका छन्। सरकारले भदौ १ देखि आन्तरिक र अन्तर्राष्ट्रिय व्यावसायिक उडान खोल्ने घोषणा गरेको भए पनि कोभिडको महामारी राजधानी काठमाडौंसहित देशका विभिन्न स्थानमा तीव्ररूपमा फैलिएपछि हालैको मन्त्रिपरिषद् बैठकले भदौ १५ सम्म व्यावसायिक उडान स्थगन गर्ने निर्णय गरिसकेको छ।

विदेशमा अलपत्र नेपाली ल्याउन उद्धार उडान भने नियमित हुनेछ। सरकारले अबको उद्धार उडानमा दैनिक ५०० जनालाई स्वदेश फर्काउने निर्णय गरिसकेको छ। तीमध्ये २०० जनालाई सरकारले आफ्नै खर्चमा ल्याउने छ भने ३०० जना आफैंले टिकट काटेर आउनेछन्। स्वदेश फर्कने नेपालीलाई सम्बन्धित मुलुकमा रहेका नेपाली दूतावासले गरेको सिफारिसका आधारमा नेपाल ल्याइने जनाइएको छ।   

कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसीं) को विवरणअनुसार साउन ३० गतेसम्म विदेशबाट फर्कने नेपालीको सङ्ख्या ५१ हजार ४४१ रहेको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार आज नेपाल एअरलाइन्सले दोहाबाट, हिमालय एअरलाइन्सले क्वालालम्पुर र दोहाबाट तथा फ्लाई दुबईले दुबईबाट नेपालीको उद्धार उडान गरी स्वदेश फर्काउने तालिका छ।-रासस 

Recent Comments

No comments to show.