काठमाडौं। काठमाडौंको टोखा नगरपालिका–१ तासीडाँडामा पहिरोले पुरिएर दुई बालबालिकाको मृत्यु भएको छ ।
मंगलबार बिहान आएको पहिरोले पुरिएर रामकुमार रानामगरको जुम्ल्याह-३ वर्षकी छोरी सन्ध्या राना र शचिन रानाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
आमाबुबा खाना खान थालेको बेला उनीहरुको खेल्ने क्रममा घरमाथिबाट खसेको पहिरोको ढिस्कोले पुरिएर मृत्यु भएको हो । घटनाको थप विवरण आउन बाँकी छ ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।