add

नेप्सेमा झिनो गिरावट, यी कम्पनीको मूल्यमा भने पोजेटिभ सर्किट






ActPro Nepal

|

२१ कार्तिक, २०८१

|
173

काठमाडौं । सेयर बजारमा झिनो गिरावट आएको छ । मंगलबार १ अंकभन्दा कमले घटेको नेप्से आज झण्डै २ अंकले घटेको हो । आज दिनभरमा नेप्सेमा १५ अंकको उतरचढाव आयो।

आज नेप्से परिसूचक १.८८ अंकले घटेर २६७५.५१ बिन्दुमा आइपुगेको छ । आज ३२० कम्पनीको १ करोड १६ लाख ८६९ कित्ता सेयर किनबेच भएको छ ।

आज सूचकमा गिरावट आए पनि कारोबार रकम भने बढेको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम १ अर्बले बढेर ५ अर्ब २२ करोड रुपैयाँ पुगेको छ ।

आज कारोबारमा आएका १३ वटा समूहमध्ये ५ समूहको परिसूचक बढेको छ भने ८ को घटेको छ । म्युचुअल फण्ड समूहको परिसूचक सर्वाधिक १.०९ प्रतिशतले बढेको छ भने निर्जीवन बीमा समूह ०.८७ प्रतिशतले घटेको छ ।

आज नेपाल फाइनान्सको सर्वाधिक ३५ करोड ३८ लाख रुपैयाँको सेयर किनबेच भएको छ । त्यस्तै, पिपुल्स हाइड्रोपावरको २३ करोड ९४ लाख रुपैयाँको कारोबार भएको छ ।

आज कारोबारमा आएका मध्ये १२१ कम्पनीको सेयर मूल्य बढेको छ भने ११७ कम्पनीको मूल्य घटेको छ ।

झिनो अंकले घटेको बजारमा आज दुई कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । नारायणी विकास बैंक र बलेफी हाइड्रोपावरको सेयर मूल्य १० प्रतिशत बढेको छ ।

आज नेपाल फाइनान्सका सेयरधनीले भने सर्वाधिक ८.२६ प्रतिशत गुमाएका छन् ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.