add

कीर्तिपुरमा एमालेबाट सुरेन्द्र मानन्धर मेयरका उम्मेदवार






ActPro Nepal

|

२१ कार्तिक, २०८१

|
114

काठमाडौं । स्थानीय तह उपनिर्वाचनमा नेकपा (एमाले) ले कीर्तिपुर नगरपालिकाको मेयरमा डा सुरेन्द्र मानन्धरलाई उम्मेदवार बनाउने भएको छ।

महासचिव शंकर पोखरेलको उपस्थितमा बुधबार भएको काठमाडौं जिल्ला कमिटीको बैठकले केन्द्रीय सदस्य समेत रहेका डा.मानन्धरलाई उम्मेदवार बनाउने निर्णय गरेको हो। मेयरमा उनको नाम एकल प्रस्ताव परेको थियो।

बैठकले कीर्तिपुर–१ को वडाध्यक्षमा हर्ष महर्जन र ४ को वडाध्यक्षमा बद्री बुढाथोकीलाई उम्मेदवार बनाउने निर्णय पनि गरेको केन्द्रीय सदस्य विष्णु रिजालले जानकारी दिए।

काठमाडौं महानगरपालिका–१६ को वडाध्यक्षमा लक्ष्मीरत्न तुलाधरलाई सर्वसम्मत उम्मेदवार बनाउने निर्णय गरेको केन्द्रीय सदस्य रिजालले बताए।

देशका विभिन्न स्थानीय तहमा खाली भएका ४४ पदका लागि आगामी मंसिर १६ गते उपनिर्वाचन हुँदैछ । यसका लागि २५ दल निर्वाचन आयोगमा दर्ता भएका छन्। आयोगले मंसिर २ गते उम्मेदवार मनोनयनको समय तोकेको छ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.