add

गोदावरी नगरपालिकामा अख्तियारको छापा, २ कर्मचारी पक्राउ






ActPro Nepal

|

५ साउन, २०७७

|
1057

ललितपुर । ललितपुरको गोदावरी नगरपालिकामा अख्तियार दुरुपयोग अनुसनधान आयोगले छापा मारी दुई  कर्मचारी पक्राउ गरेको छ ।

प्रमुख कार्यकारी अधिकृत कृष्णप्रसाद जैशी र ओभरसियर किशोर मोक्तानले सेवाग्राहीसँग रकम लिँदालिदै अख्तियारले छापा हानेको थियो । अख्तियारको टोलीलाई थप मद्यतको लागि महानगरीय प्रहरी वृत्त चापागाउँका प्रहरी निरीक्षक राजेन्द्र थापाले टोली पनि गोदावरी नगरपालिकामा गएको छ ।

अहिले नगरपालिका कार्यालय सिल गरेर अनुसन्धान भइरहेको छ । अख्तियार र प्रहरीको संयुक्त टोलीले कागजात नियन्त्रणमा लिएर अनुसन्धान गर्ने तयारी गरेको प्रहरीले जनाएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धात आयोगका प्रवक्ता एवंं सूचना अधिकारी तारानाथ अधिकारी अनुसार सेवाग्राहीसँग १ लाख ५० हजार घुस लिइरहेको अवस्थामा रंगे हात नियन्त्रणमा लिएको जानकारी दिए ।

यसअघि पनि जैसी व्यवसायीहरुसँग मिलेर प्लटिङको जग्गा श्रीमतीको नाममा पास गरेको भन्दै अख्तियारमा उजुरी परेको थियो ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.