काठमाडौं । नेपाली कांग्रेस सिन्धुली–काठमाडौं सम्पर्क समितिका उपसभापति समाजसेवा युवराज गुरुङ कम्युनिटी हिरो अवार्डबाट सम्मानित भएका छन् ।
कोभिड–१९ को महामारीका कारण समस्यामा परेका सिन्धुलीबासीहरुको सेवामा निरन्तर क्रियाशील रहँदै आएका गुरुङलाई सो अवार्डबाट सम्मान गरिएको हो ।
उनले समस्यामा परेका व्यक्तिहरुलाई निरन्तर सेवा गर्दै आएका थिए । नेता गुरुङ कोभिड–१९ को महामारीका समयमा समस्यामा रहेका सिन्धुलीबासीको हकहित र राहत वितरण लगायतका कार्यमा सहयोग गर्दै आएका छन् ।
काठमाडौंको विभिन्न अस्पतालहरुमा समस्यामा परेका बिमारीहरुको सहयोग गर्दै आएका छन ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।