add

मापदण्ड पुरा नगर्ने ३० वटा सवारी साधन ट्राफिक प्रहरीको नियन्त्रणमा






ActPro Nepal

|

४ साउन, २०७७

|
545

काठमाडौं। सरकारले तोकेको स्वास्थ्य मापदण्ड पालना नगरी बढी यात्रु बोकेर सञ्चालनमा ल्याएका ३० वटा सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

यात्रुवाहक ३० वटा सार्वजनिक सवारी साधनलाई विशेष चेकजाँच गरी महानगरीय ट्राफिक प्रहरी महाशाखाले नियन्त्रणमा लिएको हो।

महाशाखाका प्रहरी वरिष्ठ उपरीक्षक भिमप्रसाद ढकालले नियन्त्रणमा लिएका सवारी साधनलाई शनिबार दिनभर नियन्त्रण लिई आगामी दिनमा गल्ती नगर्न सम्झाई छाडिएको जानकारी दिए।

सार्वजनिक यातायातमा चढ्ने सबै यात्रुले मास्क लगाउनुपर्ने, सेनिटाइजर प्रयोग गर्नुपर्ने, चालकले पन्जासहित मास्क पनि लगाउनुपर्ने, सिटको आधा मात्रै यात्रु चढाउनु पर्ने, सिटको एक लहरमा एक जना मात्रै यात्रु राख्नुपर्ने र तोकिएको भाडादरको ५० प्रतिशत बढी भाडा लिन पाउने सरकारले निर्णय गरेको छ।

महाशाखाले ४४ वटै ट्राफिक कार्यालयबाट विशेष टोली परिचालन गरी सवारीसाधन चेकजाँच गरिरहेको जनाएको छ।

सरकारले तोकेको स्वास्थ्य मापदण्ड पूरा गर्न,यात्रुको स्वास्थ्यलाई ध्यानमा राखी स्यानिटाइजर, मास्क उपलब्ध गराउने र एक पटक परिक्रमा गरेपछि डिसइन्फेक्सन गर्नेजस्ता कार्यहरू गर्न आग्रह गर्दै पाँच सय ५८ वटा भाडाका सवारी साधनलाई सम्झाएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जानकारी दिएको छ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.