add

यातायात व्यवसायीको सिन्डिकेट तोडर चल्न थाल्यो मयूर, सर्वसाधारणलाई ठूलो राहत






ActPro Nepal

|

२९ असार, २०७७

|
1027

काठमाडौं । सरकारले स्वास्थ्य सेवा सम्वन्धि मापदण्ड लागु गरेर सार्वजनिक यातायात सुचारु गर्न भनेपनि सिन्डिकेटधारी व्यवसायीले नमानेको बेला मयूर यातायातले भने राजधानीमा सेवा शुरु गरेको छ ।

विगतमा सरकारले सवारी संचालन गर्न नदिएको गुनासो गर्ने व्यवसायीहरुले अनुमति दिएपछि भने सञ्चालन गर्न नसक्ने बताउदै आएका छन् । उनिहरुले लकडाउनको बेलाको बैंक ब्याज मिनाहको लागि दवाव दिन यातायात संचालन नगरेको बुझिएको छ । तर, मयूर यातायातले सरकारले तोकेको मापदण्डअनुसार सेवा सुरु गरिएको कम्पनीका अध्यक्ष मोहन श्रेष्ठले जानकारी दिए ।

यातायात समितिहरुलाई कम्पनीमा बदल्ने निर्णय भएका बेलामा पनि मयूरले समितिको सिन्डिकेट तोड्दै गाडी चलाएको थियो । अहिले पनि ठूला कम्पनीहरुले विभिन्न शर्त तेर्स्याएर बस नचलाउने निर्णय गरेका बेल मयूरले सोमबारबाट ६ वटा बसमार्फत सेवा थालेको हो । कम्पनीले काठमाडौं–धुलिखेल–पनौती रुटमा दुई वटा बस चलाएको छ भने रिंगरोडमा ४ वटा बस चलाउन थालेको छ । साझा यातायातले पनि साउन १ गतेबाट बस सञ्चालनमा ल्याउने घोषणा गरिसकेको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.