रौतहट । सशस्त्र प्रहरी बल रौतहटले नेपाल भारत सिमा नाकाबाट हुने भन्सार छली, निकासी, पैठारी अन्तर्गत आर्थिक वर्षको अन्तीम महिना सम्ममा ५ करोड भन्दा बढीका अवैध मालसामानहरु नियन्त्रणमा लिएर भन्सार कार्यालयलाई बुझाएको छ ।
आर्थिक वर्षको २५ गते सम्ममा सशस्त्र प्रहरी बल नेपाल ११ नं. गण हेड क्वाटरले ५ करोड ३२ लाख ८० हजार ८६६ रुपैंया बराबरको विभिन्न मालसामानहरु भन्सार बुझाएको हो । जिल्लाका भारत सँग सिमा जोडिएका नाकाहरुबाट अवैध रुपमा भन्सार राजश्व छलेर ल्याएका तस्करीका सामानहरु बरामद गरी बुझाएको सशस्त्र प्रहरी उपरिक्षक रविनराज कर्णजितले बताए ।
सशस्त्र प्रहरी उपरिक्षक कर्णजितले भने“यो अवधिमा हामीले ३ थान पेस्तोल, १ थान भरुवा बन्दुक, केही गोलिहरु समेत बरामद गरेका छौं । ” रौतहटमा सँगठित तस्कर गिरोहहरुले भारतीय बजारबाट ल्याएको सामान नेपाली सिमाक्षेत्रको बंकुल, औरैया, गौर र बेलबिछवा लगायतका नाकाहरु प्रयोग गर्ने गरेकोमा सो नाका लगायत सिमाक्षेत्रमा समेत निगरानी बढाएको उपरिक्षक कर्णजितले बताए ।
कोरोना भाइरस (कोविड १९) का कारण भएको लकडाउनको अवधिमा सशस्त्र प्रहरीले ५९ लाख १६ हजार २५५ रुपैंया बराबरको अवैध सामान पक्राउ गरि बुझाएको छ । गत आर्थिक वर्षको यसै महिनासम्ममा कुल १ करोड ८१ लाख ४८ हजार ५९७ रुपैंया बराबरको अवैध मालसामान बराबद गरेको कार्यालयले हाल सम्मकै सर्वाधिक रकम बराबरको सामानहरु भन्सार बुझाएको हो ।
भन्सार छली निकासी पैठारी अन्तर्गत खुल्ला सिमानाको फाइदा उठाउँदै भारतबाट भन्सार छली नेपाल भित्र्ने कपडा, हार्डवेयरका सामान, मोटर पार्टस, चिनी, इलेक्ट्रोनिक्सका सामानहरु, किरानाका सामानहरु रहेको तथा नेपालबाट भारततर्फ भन्सार छली निकासी हुनेमा तेस्रो मुलुकबाट आयातित दाल, मटर, मरिच लगायतको सामाग्रीहरु हुने गरेको छ ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।