add

अभिनेता अमिताभ र अभिषेक बच्चनलाई कोरोना संक्रमण पुष्टि






ActPro Nepal

|

२८ असार, २०७७

|
1064

काठमाडौं । बलिउड अभिनेता अमिताभ बच्चन र उनका छोरा अभिषेक बच्चनमा कोरोना संक्रमण पुष्टि भएको छ ।

शनिबार साँझ कोरोना परीक्षण गर्दा अमिताभलाई कोरोना देखिएपछि अभिषेकको पनि कोरोना परीक्षण गर्दा उनमा कोरोना पोजिटिभ देखिएको हो ।

बाबु- छोरामा कोरोना पुष्टि भएपछि उपचारका लागि मुम्बईको नानावती अस्पताल भर्ना भएको बीबीसी हिन्दीले उल्लेख गरेको छ । ७७ वर्षका अमिताभले आफ्नो आधिकारिक ट्वीटर र फेसबुक मार्फत आफूलाई कोरोना पोजिटिभ भएको लेखेका छन् ।

यस्तै अभिषेकले समेत ट्वीटमार्फत आफूलाई कोरोना देखिएपछि अस्पताल भर्ना भएको लेखेका छन् । अभिषेकले शनिबार बुवा अमिताभ र आफूमा कोरोना संक्रमण पुष्टि भएको उल्लेख गर्दै सामान्य लक्षण मात्रै देखिएको बताएका छन् ।

उनिहरुको ट्वीटपछि बलिउड सेलिब्रेटी र फ्यानले स्वाथ्यलाभको कामना गरेका छन् ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.