add

गोयन्का सिमेन्ट र कमला स्टिललाई कारबाही, इजाजतपत्र स्थगन






ActPro Nepal

|

२७ असार, २०७७

|
728

काठमाडौं। नेपाल गुणस्तर तथा नापतौल विभागले गुणस्तर मापदण्ड पूरा नगर्ने दुई उद्योगलाई कारबाही गरेको छ ।

विभागले बजार अनुगमनका क्रममा गुणस्तरहीन वस्तु उत्पादन गरेको पाइएपछि नेपाल गोयन्का सिमेन्ट प्रालि रुपन्देही र कमला रोलिङ्ग मिल्स स्टिल प्रालिलाई कारबाही गरेको हो । विभागले कारबाही स्वरुप दुवै कम्पनीको इजाजतपत्र स्थगन गरेको छ ।

दुवै उद्योगले उत्पादन गरेको वस्तु प्रयोगशालामा परीक्षण गर्दा सरकारले तोकेको गुणस्तर मापदण्ड नपुगेको भन्दै कारबाही गरिएको विभागले जनाएको छ ।

विभागका अनुसार कमला स्टिल्सको सङ्कलित नमूनाको सल्फर र फस्फोरसको मान ०.११९ प्रतिशत हुनुपर्नेमा ०.१०५ प्रतिशत भएकाले कारबाही गरिएको हो ।

यस्तै गोयन्का पीएससी सिमेन्टको ७ दिनको कम्प्रियसिभ स्ट्रेन्थको मान २२ एमपीए हुनुपर्नेमा १८ एमपीए पाइएकाले कारबाही गरिएको विभागले जनाएको छ ।

विभागले दुवै उद्योगलाई नेपाल गुणस्तर (प्रमाण-चिह्न) ऐन, २०३७ तथा नियमावली, २०४० को नियम (१६) अनुसार इजाजतपत्र स्थगन गरेको हो ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.