काठमाडौं । नुवाकोटको बेलकोटगढी नगरपालिकाको क्वारेन्टिमा बसिरहेकी एक महिलामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य कार्यालय नुवाकोटद्धारा जारी विज्ञप्ति अनुसार जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा बिहिबार ३६ वर्षीय महिलामा संक्रमण पुष्टि भएको हो ।
यो सहित नुवाकोटमा कोरोना संक्रमितको संख्या २९ पुगेको छ । त्यसमध्ये २१ जना संक्रमण मुक्त भएर घर फर्किएका भन् । अन्यको जिल्लाको विभिन्न आइसोलेसनमा उपचार भैरहेको छ ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।