काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड-१९) संक्रमणको दर बढ्दो छ। बिहीबारसम्म नेपालमा संक्रमितको संख्याले १६ हजार ५ सय ३१ नाघेको छ। बागमती प्रदेशमा सबैभन्दा बढी काठमाडौंमा कोरोना भाइरस संक्रमण फैलिएको छ।
सामाजिक विकास मन्त्रालयका अनुसार काठमाडौंमा कोरोना भाइरस संक्रमितको संख्या १९५ पुगेको छ।
बिहीबार थप १२ जनामा कोरोना भाइरस संक्रमण भएको छ । काठमाडौंमा ५, चितवनमा ४, नुवाकोट र सिन्धुपाल्चोकमा एक एक जनामा संक्रमण भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ। योसहित बागमतीमा कोरोना भाइरस संक्रमितको संख्या ७१८ पुगेको छ।
२३९ जनाले कोरोना भाइरस जितेका छन् भने ४४३ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ। यस्तै ६ जनाको मृत्यु भएको छ।
काठमाडौंमा सबैभन्दा धेरै १९५ जनामा संक्रमण भएको छ भने सबैभन्दा थोरै दोलखामा ९ जनामा कोरोना भाइरस संक्रमण भएको छ।
कुन जिल्लामा कति संक्रमित?
काठमाडौं : १९५
ललितपुर : ५६
भक्तपुर : ४३
रसुवा : १०
नुवाकोट : २९
धादिङ : १२५
चितवन : ९८
सिन्धुली : १८
मकवानपुर : ३०
रामेछाप : ३२
दोलखा : ९
काभ्रे : १२
सिन्धुपाल्चोक : ६१
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।