काठमाडौं । नवनियुक्त प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले कार्यभार सम्हालेका छन् ।
बिहीबार बिहान गृह सचिव महेश्वर न्यौपानेले दर्ज्यानी चिन्ह प्रदान गरेलगत्तै थापा प्रहरी मुख्यालय पुगेर कार्यभार ग्रहण गरेका हुन । गृह मन्त्रालयमा आयोजित कार्यक्रममा सचिव न्यौपानेले महानिरीक्षक क्षेत्रीलाई दर्ज्यानी चिन्ह प्रदान गरेका थिए ।
थापासँग विभिन्न जिल्लाको प्रहरी प्रमुख भई काम गरेको अनुभव छ भने महानगरीय प्रहरी कार्यालय रानीपोखरी तथा केन्द्रीय प्रहरी प्रवक्ताको जिम्मेवारी पनि सम्हालेका थिए ।
यस्तै थापाले राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्ज र प्रहरी महानिरीक्षकको सचिवालयमा बसेर समेत काम गरेका थिए । २०४९ साल वैशाख १९ गते प्रहरी निरीक्षकबाट सेवा प्रवेश गरेका थापा अब भने २०७९ वैशाख १८ गतेसम्म प्रहरीको नेतृत्व सम्हाल्ने छन् ।
थापा नेपाल प्रहरीको २८ औं महानिरीक्षकमा मंगलबार बढुवा भएका थिए । निवर्तमान प्रहरी महानिरीक्षक ठाकुर ज्ञवालीले अवकाश पाएपछि बुधबार बिदाई भइसकेका छन् ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।