पञ्चाङ्ग
वि.सं. असार २५, २०७७ । ई.सं. 09 July, 2020 । शक संवत् १९४२ । नेपाल संवत् ११४० दिल्लागा । प्रमादी उत्तरायण । ग्रीष्म बिहीवार । श्रावण कृष्णपक्ष । तिथि चतुर्थी, १०:०७ बजे उप्रान्त पञ्चमी । नक्षत्र शतभिषा, २७:४९ बजे उप्रान्त पूर्वभाद्रपदा । योग आयुष्मान्, १:२३ बजे उप्रान्त सौभाग्य । करण वालव १०:०७ बजेदेखि कौलव, २२:४१ बजे उप्रान्त वणिज।चन्द्रराशि कुम्भ । आनन्दादि योग वज्र । दिनमान ३४।२२। सूर्योदय ०५:१६ । सूर्यास्त १९:०१ पञ्चक।
राशिफल
मेष(चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आज आफन्तको सहयोग प्राप्त हुनेछ । साहित्यिक क्षेत्रमा रुची बढ्नेछ । राजनीतिक कार्यमा सफलता मिल्नेछ । जोश जाँगर र हिम्मत बढ्नेछ ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
अध्ययनमा प्रगति हुनेछ। लगनशीलताले संकल्प पूरा गर्न सकिनेछ। कमजोर नतिजा सच्याउन केही काम दोहोर्याउनुपरेे पनि मिहिनेतले सम्मानित स्थान दिलाउनेछ। आलोचकहरूले समेत प्रशंसा गर्न थाल्नेछन्। प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
आज प्रेमीको सहयोग पाइनेछ । आँटेको र ताकेको कार्य पुरा होला । सामाजिक कार्यको योगछ । कूटनीतिक नियोगको सहयोग मिल्ला ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
नयाँ योजना प्रारम्भ गर्न सकिनेछ। आयआर्जनका विविध स्रोत फेला पर्नेछन्। तर श्रमको उचित मूल्यांकन भए पनि प्रतिफलका लागि समय पर्खनुपर्नेछ। आँटेको कामको लगानी पनि अरूका लागि खर्च हुन सक्छ। सरसापटमा धन बाहिरिने देखिन्छ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
कला र गलाको प्रभाव बढ्नेछ । शुभ समाचार सुन्न पाईएला । ब्यापार ब्यबसायबाट आम्दानी हुनेछ । वाक्चतुर्याईँले सङ्कल्प सिद्ध हुनेछ ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
शुभारम्भको चर्चा चल्नेछ । धर्म, कर्म तथा समाजसेवामा मन लाग्नेछ । व्यापार व्यवसायमा सफलता मिल्नेछ । नजिकको व्यक्तिबाट कार्य पुरा हुनेछ ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
प्रतिस्पर्धाले नयाँ अवसर दिलाउन सक्छ। जटिल काम समेत सम्पादन हुनेछ । पुरुषार्थद्वारा प्रतिस्पर्धीहरूलाई पछि पार्न सकिनेछ। पहिले दुश्मनी गर्नेहरूले पनि मित्रताका हात अघि बढाउनेछन्। अवसरवादीहरूबाट अलि सजग रहनुहोला।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
शुभारम्भको चर्चा चल्नेछ । भौतिक साधन जुटाउने समय छ । व्यवसायको सन्दर्भमा रमाइलो यात्रा होला । अतिथिको रूपमा सत्कार पाइएला ।
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
आज नजिकको मित्रसँग भेटघाट हुनेछ । चिन्ता छाडेर चिन्तन गर्ने समयछ । अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । शत्रु क्षय होलान् ।
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)
पारिवार संग रमाइलो भेटघाट हुनेछ । रोकिएको काम दोहोर्याएर प्रयत्न गर्दा फाइदा हुनेछ । लाभदायक यात्रा हुनेछ । बिना प्रतिस्पर्धा फाइदा हुनेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
चिताएको कामले तीव्रता लिनेछ । आफन्त र साथीभाइबाट सहयोग तथा हौसला प्राप्त हुनेछ । आम्दानी बढाउने काम सुरु गर्न सकिनेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
आज स्वस्थयको विशेष ख्याल गर्नु होला । मनमा निरासा र शरीरमा आलस्य आउला । आफ्नो अधिकार प्राप्तिका लागि संघर्श गर्नु पर्ला ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।