काठमाडौं। विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसबाट पछिल्लो २४ घण्टामा विश्वभर २ लाख ७ हजार ७ सय ५२ जना संक्रमित थपिएका छन् । ५ हजार ५ सय १२ जनाको मृत्यु भएको छ ।
जुलाई महिना सुरु भएयता दैनिक २ लाख संक्रमित थपिदैं आएका छन् । पछिल्लो ७ दिनमा मात्रै ११ लाख ७६ हजार ९ सय ८८ जनामा संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा अमेरिकामा मात्रै ५५ हजार ४ सय ४२ जना संक्रमित थपिएका छन् । ९ सय ९३ जनाको मृत्यु भएको छ । ब्राजिलमा ४८ हजार ५ सय ८४ जनामा संक्रमण पुष्टि हुँदा १ हजार ३ सय १२ जनाको मृत्यु भएको छ ।
भारतमा २३ हजार १ सय ३५ जना संक्रमित थपिदा ४ सय ७९ जनाको मृत्यु भएको छ । रुसमा ६ हजार ३ सय ६८ जनामा संक्रमण पुष्टि हुँदा १ सय ९८ जनाको मृत्यु भएको छ ।
मंगलबार एकै दिनमा दक्षिण अफ्रिकामा १० हजार १ सय ३४ जना संक्रमित थपिदा १ सय ९२ जनाको मृत्यु भएको छ । मेक्सिकोमा थप ४ हजार ९ सय २ जना संक्रमण पुष्टि हुँदा ४ सय ८० जनाको मृत्यु भएको छ ।
पछिल्लो २४ घण्टामा कोलम्बियामा ४ हजार २ सय १३, पेरुमा ३ हजार ५ सय ७५, साउदी अरेबियामा ३ हजार ३ सय ९२, बंगलादेशमा ३ हजार २७, पाकिस्तानमा २ हजार ६ सय ९१ जनामा संक्रमण पुष्टि भएको छ ।
जोनहपकिन्स विश्वविद्यालयका अनुसार बुधबार बिहानसम्ममा कोरोनाबाट संक्रमित हुनेको संख्या १ करोड १७ लाख ९७ हजार २ सय नाघेको छ । ५ लाख ४३ हजार ५ सय ९५ जनाको मृत्यु भएको छ।
कोरोनाबाट सबै बढि आक्रान्त भएको अमेरिकामा २९ लाख ९४ हजार २ सय बढि संक्रमित भएका छन् भने १ लाख ३१ हजार ६ सय २६ जनाको मृत्यु भएको छ ।
ब्राजिलमा १६ लाख ६८ हजार ५ सयभन्दा धेरैमा संक्रमण पुष्टि भएको छ भने ६६ हजार ६ सय ४१ जनाको मृत्यु भएको छ ।
कोरोनाबाट तेस्रो बढि प्रभावित मुलुक भारतमा ७ लाख १९ हजार ६ सयभन्दा धेरै संक्रमित छन् भने २० हजार १ सय ५९ जनाको मृत्यु भएको छ ।
नेपालमा अहिलेसम्म १६ हजार १ सय ६८ जना संक्रमित भएका छन् भने ३५ जनाको मृत्यु भएको छ ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।