add

शैलेश थापा क्षेत्री प्रहरी महानिरीक्षकमा नियुक्त






ActPro Nepal

|

२३ असार, २०७७

|
974

काठमाडौं । शैलेश थापा  क्षेत्री नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी)  नियुक्त भएका छन् ।  मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले गृहमन्त्रालयको सिफारिसमा थापालाई आईजीपी नियुक्त गरेको हो ।

आईजीपी ठाकुरप्रसाद ज्ञवालीले बुधबारबाट अनिवार्य अवकाश लिँदै छन्। २८औं आईजीपीको ‘दौड’मा प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) हरिबहादुर पाललाई पछि पार्दै थापा आईजीपी बनेका हुन् ।

२८ वर्ष २ महिना लामो प्रहरी सेवाका क्रममा थापाले उपत्यकाबाहिर सिन्धुपाल्चोक, धादिङ, कास्की र झापामा रहेर काम गरेका छन्। उनले धरैजसो समय महानिरीक्षकको सचिवालय र प्रहरी प्रशिक्षण प्रतिष्ठानमा बिताएका छन्।

५ महानिरीक्षकसँग काम गरेका थापा नीति निर्माण, अनुसन्धान र चेनअफ कमाण्डमा सफल मानिन्छन्। थापा बोस्निया, पूर्वी टिमोर र सुडान मिसनमा गएका थिए।

डीएसपी र एसपी बढुवामा थापालाई दोस्राे नम्बरमा झारिए पनि त्यस बाहेक थापा पहिलो नम्बरमा छन्।

भावि आईजीपीका लागि थापासँगै अर्का एआईजी हरि पाललाई पनि दाबेदारका रुपमा हेरिएको थियो।

आज मन्त्रिपरिषद‍् बैठक बस्दै : को होला प्रहरी महानिरीक्षक ?


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.