add

पाटन अस्पतालमा मृत्यु भएका गोरखाका युवकमा कोरोना संक्रमण पुष्टि






ActPro Nepal

|

२३ असार, २०७७

|
725

काठमाडौं । पाटन अस्पतालमा मृत्यु भएका गोरखाका युवामा कोरोना संक्रमण पुष्टि भएको छ। उपचारको क्रममा सोमबार राती १० बजे मृत्यु भएका गोरखा भीमसेन गाउँपालिका तान्द्राङ–२ का युवामा कोरोना संक्रमण पुष्टि भएको अस्पताल स्रोतले जनाएको छ ।

युवाले आत्महत्या गरेको अवस्थामा परिवारले फेला पारेका थिए। गम्भीर अवस्थाका उनलाई परिवारले यही असार २० गते पाटन अस्पतालमा भर्ना गरेका थिए।

अस्पताल भर्ना गर्ने वित्तिकै कोरोना परीक्षणका लागि स्वाब संकलन गरिएको थियो। मृतकको शव व्यवस्थापन कार्य नेपाली सेनाको राजदल गणको टोलीले गर्ने भएको छ।   मृतक युवा मानसिक विरामी रहेको बताइएको छ । योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३६ पुगेको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.