काठमाडौं । वर्षाका कारण सडकमा दुई पांग्रे सवारीसाधन चिप्लिएर बढी दुर्घटना भएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।
यात्रा सुरक्षित बनाउनका लागि महाशाखाले दुई पांग्रे र अन्य सवारीसाधनलाई समेत सावधान भएर सवारी चलाउन अनुरोध गरेको छ ।
वर्षातमा सवारी चलाउँदा के कुरामा ध्यान दिने त ?
सवारी साधन चलाउनुअघि वाइपर र हेडलाइट जाँच गराउनुस् ।
-श्यता कम भएको खण्डमा हेडलाइट प्रयोग गर्नुस् ।
सवारीको गति कम गर्नुस् ।
-पानीले भिजेको सडकमा ब्रेक कम लाग्न सक्छ र सवारी साधन अनियन्त्रित हुन सक्छन् ।
ब्रेकिङ दुरी बढाउनुस् ।
-सामुन्नेको सवारी र आफ्नो सवारीबीचको दूरा सामान्य अवस्था भन्दा बढी राख्नुपर्दछ
सडकमा ध्यान मोडिने कार्य नर्गनुस् ।
-सवारी चलाउँदा मोवाइ वा ट्यावलेट प्रयोग नगर्नुहोस् ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।