काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले असार २१ गतेबाट सार्वजनिक यातायात सञ्चालन गर्ने भएको छ ।
तीन महिनाभन्दा बढीको लकडाउनले व्यवसायी आर्थिक संकटमा परेको र सरकारले पनि राहत उपलब्ध नगराएको भन्दै यही २१ गतेपछि सञ्चालन गर्ने महासंघले जनाएको छ ।
यातायात खुला गरेको तर सार्वजनिक सवारीलाई मात्र रोकेर व्यवसायी र मजदुरप्रति सरकार गम्भीर नभएको महासङ्घको आरोप छ ।
सञ्चालनका लागि सरकारसँग माग गर्दा अहिलेसम्म छलफल भन्दै अल्मलाएको र कुनै निर्णय नगरेकाले व्यवसायी आफैँ सञ्चालन गर्ने टुङ्गोमा पुगेका हुन् ।
लकडाउन भएपछि बैंक किस्ता तिर्न र दैनिक गुजारा चलाउन समेत समस्या भएको व्यवसायीको भनाइ छ । ट्याक्सी व्यवसायीहरुले पनि सोही दिनवाट सेवा सुरु गर्ने तयारी थालेका छन् ।
सरकारले निजी गाडी चल्न दिएर भाडाका बस र ट्याक्सीलाई मात्र रोकेर कोरोना नियन्त्रण नहुने व्यवसायीको भनाइ छ ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।