काठमाडौं।जल तथा मौसम पूर्वानुमान महाशाखाले देशका विभिन्न स्थानहरूमा आज मेघगर्जन र चट्याङ सहित हल्कादेखि मध्यम वर्षा हुनुका साथै प्रदेश १, प्रदेश २, बागमती, गण्डकी र प्रदेश ५ का एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ।
उक्त स्थानहरु भएर बहने नदीहरूमा पानीको बहाव बढ्ने, भू-क्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल र पानीको राम्रो निकास नभएको ठाउँमा डुबान समेत हुनसक्ने भएकोले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।
यस्तो छ आगामी तीन दिनको मौसमको पूर्वानुमान
असार १७ गते बुधबार
दिउँसोः देशका सबै प्रदेशहरुमा सामान्य बदली रही सबै प्रदेशका केहि स्थानहरुमा मेघगर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावनार हेको छ।
रातिः देशको सबै प्रदेशहरुमा सामान्य बदली रही सबै प्रदेशका केहि स्थानहरुमा मेघगर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, प्रदेश २, गण्डकी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।
असार १८ गते (विहिवार)
दिउँसोः देशका सबै प्रदेशहरुमा सामान्य बदली रही सबै प्रदेशका धेरै स्थानहरुमा मेघगर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।
रातिः देशको सबै प्रदेशहरुमा सामान्य बदली रही सबै प्रदेशका धेरै स्थानहरुमा मेघगर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।
असार १९ गते (शुक्रबार)
दिउँसोः देशका सबै प्रदेशहरुमा सामान्य बदली रही सबै प्रदेशका धेरै स्थानहरुमा मेघगर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, गण्डकी प्रदेश र सुदुर पश्चिम प्रदेशका का थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।
रातिः देशको सबै प्रदेशहरुमा सामान्य बदली रही धेरै स्थानहरुमा मेघगर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।