धनगढी । हरिपृया-प्रकाश फाउन्डेसनबाट काठमाडौं, ललितपुर, भक्तपुर, नुवाकोट, सुर्खेत र तनहुँ पछि कैलाली जिल्लाका विभिन्न स्थानमा बिपन्न समुदायलाई युवानेता क्षितिज भण्डारीले राहत बितरण शुरु गरेको छन् ।
नेपाल पत्रकार महासंघ मार्फत स्वास्थसौन्दर्य सामाग्री बितरण गरेको फाउन्डेसनले मङ्गलबार धनगढी उपमहानगरपालिकाका मेयर नृप ओडलाई प्रमुख अतिथी बनाएर कोरोना अस्पतालमा माग बमोजिमको राहत बितरण गरेको छ । धनगढी उपमहानगरपालिकाका मेयर ओड मार्फत बाल्ट्रा कम्पनीको प्रेसर कुकर, चाईनिज मास्क, डाबरको जुस, फिनल्यान्डको सेनेटाईजर सहित सबै बिरामीलाई पुग्नेगरि साबुन, मन्जन, तेल, सर्फ, पाउरोटी, फलफुल, छाताहरु लगायत राहत दिईएको छ । यो राहत सामग्री भण्डारी परिवार मार्फत कुनै चन्दा संकलन नगरेर बितरण गरिएकोप्रति प्रमुख अतिथी मेयर नृप ओडले धन्यवाद दिदै सबैलाई सेवाको पुण्य कार्य गर्न आव्हान गरेका छन् । मेयर ओडले महिला नेत्री एवं साहित्यकार स्वर्गीय हरिपृया भण्डारी आफ्नो आमा सरहको राजनीतिक अभिवाहक समेत रहेको बताउदै गत बर्ष बाढीपहिरो जादा कैलाली कांग्रेस र रेडक्रस मार्फत फाउन्डेसनले ४लाखको टेन्ट बितरण गरेको सम्झना गर्दै नेतृ भण्डारीको स्मृतिमा बर्षेनि देशभर गरिने लाखौंको सहयोग र मायाको कोसेली बितरण कार्यले नगरवासी लाभान्वित भैरहेको बताए ।
मेयर ओडकै बिशेष पहलकदमीमा निर्मित कोरोना अस्पताल मै राहत बितरण कार्यक्रम गर्दै बिरामीलाई मनोबैज्ञानिक डर हटाउदै खुशी रहन फाउन्डेसनले काउन्सिलिङ्ग समेत गरेको युवानेता क्षितिज भण्डारी बताए । फाउन्डेसनले एक दिन अघि नै सार्वजनिक सुचना दिएर नेपालको जुनसुकै जिल्लाबाट सम्पर्क गर्ने कोरोना संक्रमितलाई आफन्तजन मार्फत फोटो नखिचिकन मङ्गलबार राहत सामग्री दिएको छ ।
राहत बितरणको अनुगमन र सल्लाहकारमा सञ्चारकर्मी प्रकाशबिक्रम शाह, युवानेता नृप सुनार, प्रीन्सिपल बिष्णु दौल्याल सहित सामान बुझ्ने स्वास्थ्यकर्मी र आवश्यक बाताबरण निर्माणलाई नेपाली कांग्रेस कैलालीका सभापति नरनारायण शाहलाई फाउन्डेसनको तर्फबाट अध्यक्ष प्रकाशनारायण भण्डारीले धन्यवाद दिएका छन् ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।