काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाले तीन दिनसम्म मुलुकका विभिन्न भू-भागमा भारी वर्षा हुने जनाएको छ ।
महाशाखाका अनुसार अहिले पनि मुलुकका विभिन्न भू-भागमा हल्कादेखि मध्यमस्तरको वर्षा भइरहेको छ । यस्तै नेपाल नजिकै रहेको मनसुनी न्यून चापीय रेखा पनि प्रभाव छ ।
सोमबार दिउँसो देशभर सामान्य बदली रही धेरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको संभावना रहेको छ । प्रदेश १, प्रदेश २, प्रदेश ५ तथा सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको संभावना रहेको मौसमविदले बताएका छन् ।
यस्तै राति देशभर सामान्य बदली रही केही धेरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा हुनेछ । प्रदेश १, प्रदेश २, गण्डकी प्रदेश, प्रदेश ५ र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको संभावना रहेको मौसमविदले बताएका छन् ।
देशका विभिन्न नदीहरुमा पानीको बहाव बढ्ने, भू–क्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल र पानीको राम्रो निकास नभएको ठाउँमा डुबान समेत हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।