add

चार इन्सपेक्टरसहित ७५ जना प्रहरीमा कोरोना संक्रमण, कुन जिल्लामा कति ?






ActPro Nepal

|

१४ असार, २०७७

|
677

काठमाडौं ।  मुलुकका विभिन्न २४ जिल्लाका ७५ जना प्रहरीमा कोरोना संक्रमण देखिएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार संक्रमितमध्ये चारजना प्रहरी निरीक्षक (इन्सपेक्टर) समेत छन् । ४१ जना भने डिस्चार्ज भइसकेका छन् ।

पछिल्लो समय प्रहरीमा पनि संक्रमितको संख्या बढ्दै गएको र आफूले उपलब्ध भएसम्म स्वास्थ्य सतर्कता अपनाएर काम गरिरहेको प्रहरी प्रवक्ता डीआईजी निरज शाहीले जानकारी दिए ।


संक्रमित प्रहरीमा कपिलवस्तुका ६, गुल्मीका १, प्यूठानका २, दाङका १, बागलुङका १, बाराका ७, धनकुटाका २, बाँकेका १, धनुषाका १०, सप्तरीका ४, सिरहाका ३, सर्लाहीका २, तनहुँका २, रौतहटका ४ छन् ।

यस्तै महोत्तरीका २, जुम्लाका २, जाजरकोटका १, सुर्खेतका ४, दैलेखका ९, कञ्चनपुरका ३, अछामका १, बाजुराका १, काठमाडौंका ५ र भक्तपुरका १ प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ । जसमा २ महिला र ७३ पुरुष छन् । प्रहरी प्रधान कार्यालयका अनुसार ५० जना प्रहरी क्वारेन्टिनमा छन् ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.